
काठमाडौं । महिला तथा पुरुष फ्रेन्चाइज भलिबल लिगको आयोजनाका लागि नेपाल भलिबल संघ र नेपाल स्पोटर््स म्यानेजमेन्ट एन्ड इभेन्ट्स कम्पनीबीच १० वर्षे सम्झौता भएको छ ।
नेपाल स्पोट्र्स म्यानेजमेन्ट एण्ड इभेन्ट्स कम्पनीले मंगलबार पत्रकार सम्मेलन गर्दै एनएसएल महिला तथा पुरुष फ्रेन्चाइज भलिबल लिगका लागि सम्झौता गरेको हो । सम्झौता पत्रमा नेपाल भलिबल संघका उपाध्यक्ष निरोज मास्के र एनएसएलका अध्यक्ष आश्रेता कार्की चौधरीले हस्ताक्षर गरे ।

सम्झौतासँगै प्रतियोगिताका लागि संघले प्राविधिक सहयोग गर्नेछ भने व्यवस्थापन र लागत खर्च इभेन्ट्स कम्पनीले गर्नेछ । प्रतियोगिताबाट भएको नाफाको ३० प्रतिशत संघलाई कप्पनीले उपलब्ध गराउने सम्झौता गरेको छ । प्रतियोगिता नोभेम्बर १७ देखि डिसेम्बर १७ सम्म गर्ने लक्ष्य राखेको छ । प्रतियोगितामा महिला तर्फ ७ टोली र पुरुष तर्फ ६ टोलीबीच प्रतिस्पर्धा गराउने आयोजकले जनाएको छ ।
सम्झौतापछि बोल्दै एनएसएलकी अध्यक्ष चौधरीले भलिबल खेल र खेलाडीलाई व्यवसायिक बनाउन प्रतियोगिताले भूमिका खेल्ने बताइन् । यस्तै सदस्य सचिव रमेश कुमार सिलवालले फुटबलले जस्तै भलिबलले पनि चर्चा र लोकप्रियता लिने बताए ।
यस अघि फुटबलको पहिलो फ्रेन्चाईज प्रतियोगिता आयोजना गरेको स्पोट्र्स म्यानेजमेन्ट कम्पनीले भलिबलको फ्रेन्चाईज प्रतियोगिता घोषणा गर्ने गरेको थियो । तयारी गरे पनि कोभिडको महामारीका कारण प्रतियोगिता आयोजना हुन सकेको थिएन ।


पोखरा- नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोज २ र ३ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को सहयोगीमा हिमश्री फुड्स प्रालि सहयोगी भूमिकामा जोडिएको छ । हिमश्रीका निर्देशक प्रकाश केसीले मिडिया कपमा प्रालिको साथ रहने…
कास्की-चार मैत्रीपूर्ण टी—२० खेल्न पोखरा आईपुगेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पहिलो खेलमा गण्डकी प्रदेशको टोलीसँग ८ विकेटले पराजित भएको छ । पोखरा भ्रमणमा रहेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पोखरा रंगशाला क्रिकेट मैदानमा टस हारेर १९.३ ओभरमा…