
काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय अन्तराष्ट्रिय शृखंलामा नेपालले आज अमेरिकासँग प्रतिस्पर्धा गर्दैछ ।
पहिलो खेलमा रोमाञ्चक जित निकालेको नेपालले नेपालले अल अमिरात क्रिकेट मैदानमा अमेरिकासँग लिगको दोस्रो खेल खेल्न लागेको हो । नेपाल र अमेरिकाबीचको खेल दिउँसो ४ः१५ बजे सुरु हुनेछ ।
ओमान विरुद्धको खेलमा चल्न नसकेको ब्याटिङलाई सुधार गर्दै नेपाल अमेरिकाविरुद्ध मैदान उत्रिन लागेको हो । नेपाल जितको खोजीमा हुनेछ । यस अघि सोमबार भएको खेलमा नेपालले अमेरिकालाई ५ विकेटले पराजित गरेको थियो ।
पहिलो खेलमा अमेरिकामाथि सुखद नतिजा निकालेको नेपालले दोस्रो खेलमा आयोजक ओमानलाई नतिजा सुम्पिएको थियो । नेपाललाई पन हराएको ओमानले बीहिबार भएको खेलमा अमेरिकालाई ४ विकेटले पराजित गरेको थियो ।
लिग–२ मा नेपाल ६ खेलमा ६ अंक जोडेर छैटौं स्थानमा रहेको छ । अमेरिका १४ खेलमा १२ अंक जोडेर दोस्रो स्थानमा रहेको छ । ओमान १२ खेलमा २० अंक जोडेर शीर्ष स्थानमा रहेको छ ।


पोखरा- नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोज २ र ३ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को सहयोगीमा हिमश्री फुड्स प्रालि सहयोगी भूमिकामा जोडिएको छ । हिमश्रीका निर्देशक प्रकाश केसीले मिडिया कपमा प्रालिको साथ रहने…
कास्की-चार मैत्रीपूर्ण टी—२० खेल्न पोखरा आईपुगेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पहिलो खेलमा गण्डकी प्रदेशको टोलीसँग ८ विकेटले पराजित भएको छ । पोखरा भ्रमणमा रहेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पोखरा रंगशाला क्रिकेट मैदानमा टस हारेर १९.३ ओभरमा…