
काठमाडौं-जोरपाटीस्थित लिम्पिया नेसनल कलेजले आफ्ना बास्केटबल खेलाडीलाई शुक्रबार सम्मान गरेको छ । गत भदौ महिनामा विभिन्न ८ थ्री बाइ थ्री बास्केटबल प्रतियोगिताको उपाधि जितेको लिम्पियाका छात्र बास्केटबल टोलीलाई सम्मान गरिएको हो ।
भदौमा मात्र लिम्पियाले विभिन्न १० थ्री बाइ थ्री प्रतियोगितामा सहभागिता जनाएकोमा ८ पटक उपाधि जित्न सफल भएको थियो । त्यस क्रममा संगम साम्देन तामाङ ४ पटक, विवेक यादव २ पटक र दीपेश कार्की १ पटक ‘मोस्ट भेलुएबल प्लेयर’ चुनिएका थिए । उनीहरुसहित टोलीका महत्वपूर्ण सदस्य स्विकार कुन्वर पनि सम्मानित भए ।
चारैलाई प्रशंसा पत्र, खेल पोशाक, ट्रयाकसुट र प्लस २ अध्ययनका लागि पूर्ण छात्रवृत्ती प्रदान गरियो । युवा नेता अखिल ९क्रान्तिकारी० का केन्द्रीय सदस्य दुधराज लामा, लिम्पियाका प्रिन्सिपल मदनराज रेग्मीलगायतले उनीहरुलाई सम्मान गरे ।लिम्पियालाई उपाधि दिलाउन महत्पूर्ण भूमिका निर्वाह गरेको भन्दै लिम्पियाका हेड कोच सुनिल योञ्जन र इसीए इन्चार्ज राजकुमार दंगाललाई पनि प्रशंसा पत्रद्वारा सम्मान गरिएको थियो ।
केन्द्रीय सदस्य लामाले सम्मानले विद्यार्थीलाई पढाईका साथै अत्तिरिक्त क्रियाकलापमा लाग्न हौसला अभिबृद्धि गर्ने धारणा व्यक्त गरे ।
प्रिन्सिपल रेग्मीले गुणस्तरीय शिक्षासंगसंगै विद्यालयले विद्यार्थीको चौतर्फी विकासका लागि अत्तिरिक्त क्रियाकलापमा पनि विशेष जोड दिइरहेको बताउदै विद्यार्थी खेलाडीहरुको मनोबल उच्च पार्न पुरस्कृत गरिएको बताए ।


पोखरा-अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा जारी गण्डकी पीएम कप महिला टी(२० छनोट प्रतियोगिता आईतबार भएको खेलमा कास्कीले बागलुङलाई ८९ रनको फराकिलो जित निकालेको छ । खेलमा बागलुङकी कप्तान संरचना गिसी तामाङले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेकी थिइन्। पहिले…