
काठमाडौं-बालाजु तेक्वान्दो डोजाङले प्रथम फ्रेन्डसिप अन्तर विद्यालय÷डोजाङ तेक्वान्दो प्रतियोगिताको उपाधि जितेको छ । बालाजुले ८ स्वर्ण, १ रजत र ६ कांस्य जित्दै टिम च्याम्पियनको ट्रफी उचाल्यो ।
फ्रेन्डसिप तेक्वान्दो डोजाङको आयोजनामा टोखामा भएको प्रतियोगितामा दोश्रो भएको नागर्जुन तेक्वान्दो डोजाङले ६ स्वर्ण, ७ रजत र १२ कांस्य जित्यो । ५ स्वर्ण, ७ रजत र ५ कांस्यसाथ आयोजक फ्रेन्डसिप ‘ए’ ले तेश्रो स्थानमा चित्त बुझायो । दुई टिम सहभागी आयोजकको ‘बी’ टिमले १ स्वर्ण, ३ रजत र ३ कांस्य हात पा¥यो ।
प्रतियोगिताको पुरुषमा आयोजकका सोहन श्रेष्ठ तथा महिलामा मैजुकुमारीकी दीक्षा तामाङ उत्कृष्ट खेलाडी घोषित भए । धर्मस्थलीले उदीयमान टिमको उपाधि जित्यो भने एपीएस स्कुल अनुशासित टिम ठहरियो ।
विजेतालाई काठमाडौं जिल्ला तेक्वान्दो संघका अध्यक्ष अशोक खड्का, टोखा नगरपालिका वडा २ का अध्यक्ष दीपकराज जोशी, गजराज मेमोरियल ट्रष्टका अध्यक्ष मनीषराज जोशी, प्रतियोगिता संयोजक सानुबाबु महर्जन, आयोजक डोजाङका प्रमुख सुसन श्रेष्ठलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । दुईदिने प्रतियोगितामा १ सय २० खेलाडीले विभिन्न २३ स्पर्धामा प्रतिस्पर्धा गरेका थिए ।


पोखरा- नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोज २ र ३ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को सहयोगीमा हिमश्री फुड्स प्रालि सहयोगी भूमिकामा जोडिएको छ । हिमश्रीका निर्देशक प्रकाश केसीले मिडिया कपमा प्रालिको साथ रहने…