
काठमाडौं-विभागीय त्रिभुवन आर्मी क्लबकी अनु माया राई र रशिला महर्जन प्रथम रिभाईभ लिजर पार्क खुल्ला राष्ट्रिय ब्याडमिन्टन च्याम्पियनसिप अन्तरगगत महिला एकलको दोस्रो चरणमा प्रवेश गरेका छन्
ललितपुर महालक्ष्मीस्थानस्थित रिभाईव लिजर पार्कको कोर्टमा शनिबार भएको महिला एकलको पहिलो चरणमा आर्मीकी अनुमायाँ राईले नेपाल एपिएफ क्लबकी शोर्भा गौचनमाथि २१–१७ र २१–११ ले पराजित गरिन् । आर्मीकी रशिला महर्जनले नखिपोट युथ क्लबकी नविना राईमाथि २१–२ र २१–६ को एकपक्षीय जित निकालिन् ।

यस्तै एपिएफकी सुनैना मुखियाले आर्मीकी प्रेक्षा राईलाई २१–७ र २१–१५ ले पराजित गर्दै अघिल्लो चरणमा स्थान बनाइन् । एपिएफकी जेशिका गुरुङले आर्मीकी प्राथना देउवामाथि २१–९ र २१–१५ को सहज जित निकालिन् । यस्तै फिलिट नेपालकी सीमा राजवंशीले हरिसिद्धि क्लबकी सुनेना महर्जनलाई २१–५ र २१–२ को सोझो सेटमा हराईन् । यस्तै नेपाल पुलिस क्लबकी नीता लम्सालले बीबीसीकी प्रतिष्ठा अर्याललाई २१–१० र २१–७ ले तथा आर्मीकी रोज पाण्डेले जेस्ट ब्याडमिन्टन एकेडेमीकी तारा आलेमगरलाई २१–५ र २१–१० ले हराइन् ।

पुरुष डबल्सतर्फ शनिबार राउन्ड अफ ६४ को खेल सम्पन्न भएका छन् । आइतबार पुरुष एकतर्फको राउन्ड अफ ३२ को सबै १६ खेलमा प्रतिस्पर्धा हुदैछ । पुरुष युगल र ४० वर्षमाथिको भेट्रान्समा राउन्ड अफ ३२ को सबै १६ खेलको प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ । च्याम्पियनसिपमा पुरुष एकल, महिला एकल, शीर्ष २० देखि बाहेकका पुरुष युगल र ४० बर्ष माथिको भेट्रान्स युगल गरि ४ विधामा खुल्ला प्रतिस्पर्धा हुने छ ।
करिव १७ लाख अनुमानित बजेट रहेको च्याम्पियनसिपमा विजयी खेलाडी तथा टिमलाई नगद पुरस्कार सहित ट्रफी, मेडल र प्रमाण पत्र प्रदान गरिने छ । पुरुष एकल र महिला एकलका विजयी शिर्ष तीनले नगद ५० हजार, २५ हजार र १० हजार प्राप्त गर्ने छन् । यस्तै पुरुष युगल तर्फ शिर्ष तीन स्थान प्राप्त जोडीले नगद ५० हजार, २५ हजार र १० हजार तथा ४५ बर्ष माथीको भेटरान्स युगल तर्फ शिर्ष तीन जोडीले नगद २५ हजार, १५ हजार र ५ हजार प्राप्त गर्नेछन् ।


पोखरा-सहाराको आवासिय एकेडेमीमा तीस जना बालक छन् । भरणपोषण र शिक्षादिक्षा समय अनुकुल खर्चिलो बन्दै गएको छ । आयस्रोत आर्थिक सहयोग जुटाउने बाहेक केही छैन् । सहयोग जुटाउने अभियानमा सहाराले गतवर्ष तिहार लगत्तै च्यारिटी डिनर कार्यक्रम आयोजना गरेको…