
पोखरा-ज्ञानेन्द्र मल्लको कप्तानी पारी र सन्दीप लामिछाने तथा करण केसीको किफायती बलिङ गरेपछि ओमानलाई ७ विकेटले पराजित गरेको छ ।
ओमानलाई आईतबार सस्तैमा समेट्ने क्रममा नेपाली बलरको लोभलाग्दो प्रदर्शन देखियो । अघिल्लो दिन अमेरिकासँग पराजित भएको नेपालले ओमान यात्रालाई टुग्याउँदा सुखद नजिता आत्मसात गरेको हो । ओमानले दिएको १२२ रनको लक्ष्यलाई नेपालले केवल १८.२ ओभरमा ३ विकेटको क्षतिमा पुरा गर्दै जित निकाल्यो ।
ओपनर कुशल भुर्तेललाई ६ रनमा पभेलियन फर्काएपछि नेपालको इनिङे्सलाई कप्तान मल्ल र आशिफा शेखले सम्हाले । शेखले ४० रनको महत्वपूर्ण योगदान गरेपछि नेपाल सम्भावित जित नजिक पुग्यो । मल्लले अर्धशतकीय पारी खेल्दै जितको हकदार बनाए । मल्लले नटआउट ५२ रन बनाउने क्रममा ४४ बल खेल्दै ४ चौका र २ छक्का हिर्काएका थिए । रोहित पौडेल पछि व्याटिङमा आएका शरद भेषवाकरले भने विजयी एक रन बनाए ।
यसअघि ओमानले सबै विकेट गुमाउँदै १२१ रनमा समेटिएको थियो । ओमानलाई सस्तैमा समेट्ने क्रममा करण केसीले ८ ओभरमा १ मेडन राख्दै २५ रन खर्चिएर ४ विकेट लिए । गुगलीब्वाय सन्दीप लामिछानेले पनि ८.१ ओभरमा २ मेडन राख्दै १८ रन खर्चिएर ४ विकेट लिए । बाँकी दुई विकेट भने शरद भेषवाकरको नाममा रह्यो । भेषवाकरले ६ ओभरमा १ मेडन राख्दै २१ रन दिएर दुई विकेट दिएका थिए ।
जिसान मक्सदले सर्वाधिक ४१ रन बनाए । ६६ बल खेल्ने क्रममा २ चौका र १ छक्का हिर्काएका मक्सद करण केसीको बलमा विकेटकिपर विनोद भण्डारीबाट समातिए । जतिन्दर सिंहलाई १३ रनमै गुमाएको ओमानका ६ व्याट्सम्यान दोहोरो अंकको रन बनाउनबाट चुके । विश्वकप लिग २ अन्तर्गत नेपालले दुई जित दुई हारको नजिता आत्मसात गरेको छ ।


पोखरा- नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोज २ र ३ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को सहयोगीमा हिमश्री फुड्स प्रालि सहयोगी भूमिकामा जोडिएको छ । हिमश्रीका निर्देशक प्रकाश केसीले मिडिया कपमा प्रालिको साथ रहने…
कास्की-चार मैत्रीपूर्ण टी—२० खेल्न पोखरा आईपुगेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पहिलो खेलमा गण्डकी प्रदेशको टोलीसँग ८ विकेटले पराजित भएको छ । पोखरा भ्रमणमा रहेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पोखरा रंगशाला क्रिकेट मैदानमा टस हारेर १९.३ ओभरमा…