
पोखरा-रसियामा हुने विश्व हाप्किडो च्याम्पियनसिपमा सहभागी हुने खेलाडीहरुलाई पोखराबाट बिदाइ गरिएको छ । च्याम्पियनसिपमा सहभागी हुनका लागी पोखरामा एक महिने बन्द प्रशिक्षणमा रहेका हाप्किडोको खेलाडीहरुलाई बुधबार पोखरा रंगशालामा आयोजित कार्यक्रम मार्फत गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले विदाइ गरेका हुन ।
हाप्किदोका खेलाडीहरुलाई विदाई गर्दै मुख्यमन्त्री पोखरेलले खेलाडीहरुलाई राज्यले प्रयाप्त सेवा सुविधा उपलब्ध गराउन नसकेपनि प्रशिक्षक र खेलाडीहरुको आफ्नै प्रयास र मेहनतले अन्तराष्ट्रिय प्रतियोगितामा भाग लिएर नेपाल र नेपालीको सान विश्वसामु पु¥याउन सफल भएको वताए ।
राज्यले सुविधा दिन नसक्दापनि खेलाडीहरुको अथक मेहनत र प्रयासबाट प्राप्त उपलब्धिबाट गौरव गर्ने अवसर पाएको वताउदै मुख्यमन्त्री पोखरेलले गण्डकी प्रदेश सरकारले पूर्वाधार निर्माण र खेलाडी प्रोत्साहनका लागी आगामी दिनमा अगाडी वढ्ने वताए । विदाई भएका खेलाडीहरुलाई उत्कृष्ट खेल प्रर्दशन गरेर गण्डकी प्रदेश र नेपालको पहिचान गराएर आउन शुभकामना शुभकामना समेत दिए ।
कार्यक्रममा राष्टिय खेलकुद परिषदका सदस्य राजेशकुमार गुरुङले खेलकुद पदाधिकारी र संघहरुले खेलाडीको पक्षमा काम गर्न नसकेको वताए । संघ सस्ंथाहरुमा ब्याक्तिवाद हावी हुने र झोलामा संस्था बोकेर हिड्दा खेलाडीहरुको पक्षमा काम नभएको वताउदै त्यस्ता झोले संगठन र तिनका पदाधिकारीले पछिल्लो समय स्थापना भएको हाप्किडो संघका पदाधिकारीबाट काम सिक्न समेत आग्रह गरे । पार्टीबाटै नियुक्ति भएतापनि खेलकुद र खेलाडीको हितमा संघ संस्थाका पदाधिकारीहरुले काम गर्नुपर्ने उनको भनाइ रहेको थियो ।
त्यस्तै हाप्किडो खेलमा खेलाडी संगै अभिभावकहरुको समेत उत्तिकै सहभागीता रहेको वताउदै खेलाडीलाई अगाडि वढाउन अभिभावकहरुको समेत उत्तिकै भूमिका रहने वताए । त्यस्तै गण्डकी प्रदेश खेलकुद परिषदका सदस्यसचिव तेजबहादुर गुरुङले हाप्किडो खेललाई राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी गराउनका लागी आफ्नो ठाउबाट पहल गर्ने वताउदै हाप्किडो खेलले रसियामा हुने वल्र्ड च्याम्पियनमा राम्रो नतिजा ल्याउनेतर्फ आफु ढुक्क रहेको वताउदै खेलाडीहरुलाई हौसला प्रदान गरे ।


पोखरा- नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोज २ र ३ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को सहयोगीमा हिमश्री फुड्स प्रालि सहयोगी भूमिकामा जोडिएको छ । हिमश्रीका निर्देशक प्रकाश केसीले मिडिया कपमा प्रालिको साथ रहने…
कास्की-चार मैत्रीपूर्ण टी—२० खेल्न पोखरा आईपुगेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पहिलो खेलमा गण्डकी प्रदेशको टोलीसँग ८ विकेटले पराजित भएको छ । पोखरा भ्रमणमा रहेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पोखरा रंगशाला क्रिकेट मैदानमा टस हारेर १९.३ ओभरमा…