
पोखरा- रंगशालामा जारी राष्ट्रिय ए डिभिजन फुटसल लिग अन्तगर्त बुधबार भएको खेलमा द राइजिङ क्लब धरान र शंखमुल फुटसलले आ–आफ्नो खेलमा जित हात पारेका छन् ।
बुधवार बहुउदेश्यीय कभर्डहलमा भएको पहिलो खेलमा राइजिङले झरना स्पोट्र्स क्लबलाई ५–३ गोल अन्तरले पाखा लगायो । राइजिङको जितमा मिलन राइले २ तथा मिलन लिम्बु, रिवोस मास्के र विकु तामाङले समान १÷१ गोल गरे । झरनाका लागि कप्तान ओम प्रकाश थापा, मोहन बहादुर थापा र विवेक थापाले गोल गरे । खेलको म्यान अफ दी म्याच राइजिङका रिवोस मास्के घोषित भए ।

दोस्रो खेलमा भने शंखमुल फुटसलले प्रभातफेरी युथ क्लबलाई ७–४ को फराकिलो गोल अन्तरले पाखा लगाउँदै लिगको शीर्ष स्थानमा यथावत रहन सफल रह्यो । शंखमुलको जितमा जेनिश प्रजापतिले ह्याट्रिक गरे । यस्तै मणि लामाले २ तथा कप्तान अनिश श्रेष्ठले १ गोल गरे । मणि खेलको म्यान अफ द म्याच समेत घोषित भए ।
प्रभातफेरीका लागि भने श्रीजेश पुरी र धिरज जोशीले समान २÷२ गोल गरे । लिग अन्तर्गत बिहिबार ३ खेल हुनेछन् । लिग संयोजक विनोद गुरुङका अनुसार पहिलो खेल पोखराको सविन मेमोरियल र काठमाण्डौं बिच हुदैँछ भने दोस्रो खेल पनि पोखराको स्पोट्र्स क्यासल र काठमाण्डौंकै ढुकु फुटसल हवबिच हुदैँछ । अन्तिम खेल भने लुम्बिनी फुटसल रुपन्देही र फुटसल ५ धरानबिच हुने गुरुङले जानकारी दिए ।


पोखरा- नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोज २ र ३ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को सहयोगीमा हिमश्री फुड्स प्रालि सहयोगी भूमिकामा जोडिएको छ । हिमश्रीका निर्देशक प्रकाश केसीले मिडिया कपमा प्रालिको साथ रहने…
कास्की-चार मैत्रीपूर्ण टी—२० खेल्न पोखरा आईपुगेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पहिलो खेलमा गण्डकी प्रदेशको टोलीसँग ८ विकेटले पराजित भएको छ । पोखरा भ्रमणमा रहेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पोखरा रंगशाला क्रिकेट मैदानमा टस हारेर १९.३ ओभरमा…