
पोखरा- राष्ट्रिय ए डिभिजन फुटसल लिगमा द राइजिङ क्लब धरानले पहिलो हार व्यहोर्दा सविन मेमोरियलले भने फराकिलो जित निकालेको छ ।
शुक्रवार पोखरा रंगशाल स्थित बहुउदेश्यीय कभर्डहलमा भएको खेलमा सविन मेमोरियलले झरना स्पोट्र्स क्लबलाई ७–१ को फराकिलो गोल अन्तरले पाखा लगायो । सविनको जितमा अभिनाष तामाङले ह्याट्रिक गरे । यस्तै मनिष सेडाईले २ तथा मनोज गुरुङले १ गोल गरे । झरनाका लागि जितेश गुरुङले एक गोल गरे । खेलको म्यान अफ दि म्याच सविनका अभिनाष तामाङ घोषित भए ।
धरानको राइजिङ शंखमुलसंग २–५ को हार व्यहोर्यो । राइजिङको हारले लिग तालिकामा रोमाञ्चकता ल्याएको छ । तालिकाको शीर्षस्थानमा रहेको राइजिङ तल झरेको छ । शंखमुलको जितमा क्रिजल खड्काले २ तथा अर्जुन सिंह, मणि लामा र सुशान श्रेष्ठले एक एक गोल गरे । राइजिङका लागि नगेन राइ र सुदिप गुरुङले गोल गरे । हारसंगै राइजिङ तालिकाको दोस्रो स्थानमा झरेको छ ।


पोखरा- नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोज २ र ३ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को सहयोगीमा हिमश्री फुड्स प्रालि सहयोगी भूमिकामा जोडिएको छ । हिमश्रीका निर्देशक प्रकाश केसीले मिडिया कपमा प्रालिको साथ रहने…
कास्की-चार मैत्रीपूर्ण टी—२० खेल्न पोखरा आईपुगेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पहिलो खेलमा गण्डकी प्रदेशको टोलीसँग ८ विकेटले पराजित भएको छ । पोखरा भ्रमणमा रहेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पोखरा रंगशाला क्रिकेट मैदानमा टस हारेर १९.३ ओभरमा…