
पोखरा- रायन बर्लको अविजित ७० रनको महत्वपूर्ण योगदानमा काठमाडौं किङ्सले विराटनगर पेट्रिओट्सलाई सात विकेटले पराजित गर्दै सुखद शुरुवात गरेको छ । विराटनगरले दिएको १५८ रनको मध्यम लक्ष्यलाई काठमाडौंले ३ विकेटको क्षतिमा पुरा गर्ने क्रममा रायन बर्लको उत्कृष्ट इनिङ्स रह्यो । उनको अविजित ७३ रनको योगदानमा काठमाडौंले सहज जित निकाल्यो ।
शुरुवातमै दुई व्याटरलाई रनआउटको शिकार बनाउँदै विकेट लिएपछि दबावमा परेको काठमाडौंलाई सम्हाल्ने काम भने ओपनर रहमुल्लाह गुर्बजले गरे । उनले ३६ बल खेल्दै ५९ रन जोड्दै अर्धशतकीय पारी खेले । ४ चौका र ४ छक्का हिर्काउँदै उत्कृष्ठ शुरुवात गरेका उनी पवन सर्राफको बलमा आउट भए । सुवास खकुरेललाई शून्य र अमित श्रेष्ठलाई ४ रनमा गुमाएको काठमाडौंलाई जितसम्म डोहोर्याउने काम भने रायनले गरे । उनलाई अन्त्यसम्म साथ भने राजु रिजालले दिए ।

रायनले ३४ बलमा ३ चौका र ७ छक्का हिर्काउँदै जितको हकदार बनाउँदा रिजालले पनि १३ बलमा २ चौका सहित १९ रनमा अविजित रहे । ललित राजवंशीको बलिङ निकै महंगो सावित हुन पुग्यो । उनले केवल दुई ओभर बलिङ गर्ने क्रममा ४८ रन खर्चिए । यसअघि चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग टी–२० क्रिकेट प्रतियोगिता अन्तर्गत शनिबार उदघाटन खेलमा ललितपुरका पवन सर्राफले अर्धशतकीय पारी खेल्दै काठमाडौं किग्स ११ लाई १५८ रनको लक्ष्य प्रस्तुत गरेको थियो । पाकिस्तानी बलर सहिद अफ्रिदीको बललाई राम्ररी रिड गर्दै सर्राफले एक छक्का र एक चौका प्रहार गर्दै अर्धशतकीय पारी खेलेपछि ललितपुरले८ विकेटको क्षतिमा काठमाडौंलाई १५७ रन बनाउँदै मध्यम लक्ष्य दिएको थियो ।

कप्तान कुशल भुर्तेल जितेन्द्र मुखियाको बलमा आउटभएपछि ललितपुरलाई पहिलो झट्का लागेको थियो । मुखियाको पहिलो बलमै भुर्तेल गोल्डेन डक हुदैं पभेलियनको बाटो समाएका थिए । मुखियाकै बलमा सान्दिन विराकोड्डी पनि आउट भएपछि ललितपुर निकै दबावमा पर्यो ।पाँचौ नम्बरमा आएका पवन सर्राफले ललितपुरको इनिङ्सलाई उकास्ने प्रयास गरे । उनले पाँचौ विकेटको लागि योगेन्द्रसिंह कार्कीसँग ६२ रनको साझेदारी निभाउने क्रममा ६१ रनको योगदान दिए । उनले ४४ बल खेल्दै ५ चौका र ४ छक्का हिर्काए । कार्कीले पनि ३३ रन जोड्ने क्रममा २० बल खेल्दै ३ छक्का हिर्काए ।
रायन बर्लको बलमा सर्राफ शेर मल्लको हातबाट क्याच आउट हुन पुगेका थिए । रन्जुङ मिक्यो दोर्जीले १७ रन अविजित खेले । बलिङ तर्फ भने मुखियाले ४ ओभरमा १८ रन खर्चिएर ४ विकेट लिए । सन्दिप लामिछाने भने कमजोर देखियो । उनले ४ ओभरमा ४४ रन दिएपनि विकेट भने लिन सकेनन् । गुल्सन झा र रायन बर्लले समान दुई दुई विकेट लिएका थिए ।


पोखरा-चौथो एबीसी राष्ट्रिय एट ए साइड ४५ प्लस भेट्रान्स कप २०८२ को उपाधि बगर भाइखलकले हात पारेको छ । पोखरा रंगशालामा शुक्रबार सम्पन्न फाइनल खेलमा आयोजक एबीसीलाई ४–० गोल अन्तरले पराजित गर्दै प्रतियोगिताको उपाधी जितेको हो । उपाधि…
पोखरा-पोखरा महानगरपालिकासँगको सहकार्यमा गण्डकी प्रादेशिक क्रिकेट संघ गण्डकीले आगामी बैंशाखमा महानगर कप क्रिकेट प्रतियोगिता गर्ने तयारी गरेको छ । प्रधानमन्त्री एकदिवसीय क्रिकेट प्रतियोगिताको लागि गण्डकी प्रदेश टिम जर्सी अनावरण गर्दै महानग प्रमुख धनराज आचार्यले आगामी बैशाखमा महानगर कप…