
धावकहरु दौडिदैं । तस्बिर फाईल
पोखरा-पोखरा महानगर खेलकुद विकास समितिले पहिलो खेलकुद प्रतियोगिताको रुपमा सडक दौड आयोजना गर्ने तयारी गरेको छ । नेपालीहरुको महान चाड बडादशैंको नजिकिदै गर्दा महानगर खेलकुद विकास समितिले शुभकामना दौड आयोजना गर्ने तयारी गरेको हो । दौड यही असोज २१ गते हुने छ । दौडको लागि आवश्यक रुट बनाउने अन्तिम तयारी छ ।
समितिले छात्र तथा छात्र ५ किलोमिटर दौड आयोजना गर्ने छ । त्यसैगरी १० किलोमिटर महिला तथा पुरुष खुल्ला दौड समेत समावेश गरिएको छ । महानगर खेलकुद बिकास समितिको कार्ययोजना अन्तर्गत नै सडक दौड आयोजना गरिएको महानगर खेलकुद विकास समितिका सदस्य सचिव सुवास खड्काले जानकारी दिए । ‘वर्षेनी महानगरकै फरक फरक ठाँउमा दौड आयोजना गर्ने योजना छ ।’ उनको भनाई थियो । पोखरा रंगशालाबाट शुरु हुने दौड बजार क्षेत्र परिक्रमा गरेमा गरेर पुन रंगशाला पुगेर दौड टुंग्याईने उनले बताए ।
छात्र तथा छात्रा दौड विजेतालाई नगद १०, ७ र ५ हजार रुपैयाँ पुरस्कार प्रदान गरिने छ । त्यसैगरी महिला तथा पुरुष खुल्ला १० किलोमिटर दौड विजेताले भने १५, १० र ७ हजार नगद पुरस्कार प्राप्त गर्ने छन् । पोखरामै विभिन्न संघसंस्थाले दौडको आयोजना गर्दै आएका छन् ।
भुतपूर्व खेलाडी मञ्च नेपालले पोखरामै अन्तराष्ट्रियस्तरकै पोखरा म्याराथन आयोजना गर्दै आएको छ । १५ औं सस्करण टुग्याएर मञ्चले १६ औं संस्करणको तयारीमा छ । पोखरा म्याराथन वार्षिक कार्यक्रम हो । मञ्चले म्याराथनलाई वर्षेनी फागुनमा आयोजना गर्दैआएको छ ।


पोखरा- नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोज २ र ३ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को सहयोगीमा हिमश्री फुड्स प्रालि सहयोगी भूमिकामा जोडिएको छ । हिमश्रीका निर्देशक प्रकाश केसीले मिडिया कपमा प्रालिको साथ रहने…
कास्की-चार मैत्रीपूर्ण टी—२० खेल्न पोखरा आईपुगेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पहिलो खेलमा गण्डकी प्रदेशको टोलीसँग ८ विकेटले पराजित भएको छ । पोखरा भ्रमणमा रहेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पोखरा रंगशाला क्रिकेट मैदानमा टस हारेर १९.३ ओभरमा…