
पोखरा-पोखरा राईनोजले दिएको सामान्य लक्ष्यलाई चितवन टाईगर्सले सहज पछ्याउँदै जित निकाल्दा पोखरा राईनोजलाई प्ले अफ खेल्ने अभियानमा धक्का लागेको छ । एभरेष्ट प्रिमियर लिग टी–२० क्रिकेट प्रतियोगितामा पोखराले चितवलाई केवल १ सय २३ रनको झिनो लक्ष्य प्रस्तुत गरेको थियो । लक्ष्यलाई चितवन टाइगर्सले १ विकेटको क्षतिमा पुरा गर्दै प्ले अफलाई बलियो बनाईराखेको छ ।
टस जितेर ब्याटिङ्ग गरेको पोखरा राइनोजले पुरा २० ओभरमा ७ विकेट गुमाएर १ सय २३ रनको सामान्य योगफल बनाएको थियो । चितवनको जितमा व्याटर मोहम्मद शेहजादले अविजित ६३ तथा भीम सार्कीले अविजित ५४ रन जोडेपछि पोखराले दिएको लक्ष्यलाई पुरा गर्दै फराकिलो जित दर्ता गर्यो । १ सय २४ रन पछ्याएको चितवनले १६.४ ओभरमा पुरा गरेको थियो ।
पोखराको व्याटिङ्गमा बिबेक कुमार यादवले अर्धशतक पुरा गरेपनि अन्य व्याटर भने चल्नै सकेनन् । उनले अविजित खेल्ने क्रममा ५३ रनको महत्वपूर्ण योगदान गरे । पोखराका लागि असेला गुणरत्नेले २५ तथा रिचार्ड लेभीले २० रन बनाएका थिए । चितवनका बलरहरु साहब आलमले २, कमलसिंह ऐरीले २ तथा सोमपाल कामीले १ विकेट लिए ।
जितसंगै चितवन लिगको शीर्षस्थानमा उक्लिएको छ । उसले तीन खेलमा तीनवटै जित हाँसिल गर्दै अंक तालिकामा ६ अंक जोडन सफल भएको छ । लिगमा १ जित र एक बराबरीसंगै ३ अंक जोडेको राइनोजले भोलि भैरहवा ग्लाडिएटर्सको सामना गर्ने छ ।


पोखरा-पोखरा विश्वविद्यालय अन्तर्गतको पोखरा विश्वविद्यालय फुटबल क्लबले जेष्ठ २९ गतेदेखि असार ५ गतेसम्म भण्डारढिक खेल मैदान, लेखनाथमा पोखरा विश्वविद्यालय सुपरकप फुटबल प्रतियोगिता–२०८३ को तेस्रो संस्करण आयोजना गर्ने भएको छ । क्लबका अध्यक्ष बिमान प्रधान का अनुसार प्रतियोगिताको विजेता…
पोखरा-पोखरा क्रिकेट एकेडेमीको आयोजनामा शुक्रबारदेखि पोखरामा छैटौँ संस्करणको ब्रेकिङ बाउन्ड्रीज छात्र÷छात्रा अन्तर विद्यालय टी–ट्वान्टी क्रिकेट प्रतियोगिता सुरु भएको छ । किडासा फाउण्डेशन र एमसिसीको सहयोग, कास्की जिल्ला क्रिकेट संघ र गण्डकी प्रदेश क्रिकेट संघको प्राविधिक सहयोगमा शुरु प्रतियोगिता…