
काठमाडौं –आयोजक बालकुमारी रिमिक्स क्लबका पविन लिनथेप र सुरोज महर्जनको जोडी बालकुमारी रिमिक्स क्लब सातौ ललितपुर जिल्ला ब्यापी ब्याडमिन्टन प्रतियोगिता २०७८ को क्वाटरफाईनलमा प्रवेश गरेका छन् । आयोजक टोलीले शुक्रबार सम्पन्न खेलमा ठेचो ब्याडमिन्टन क्लबका बिशाल बस्नेत र ईन्द्र कार्कीको जोडी २१–१५, २१–१६ को सोझो सेटमा पराजित गर्दै अन्तिम आठमा स्थान बनाउन सफल भएका हुन् ।
आयोजकको आफ्नै कभर्डहलमा भएको प्रतियोगितामा प्रयाग पोखरी ब्याडमिन्टन क्लबका उज्वल दाहाल र सृजन ताम्राकारले जोडीले पनि जित निकाल्यो । उक्त जोडीले इमाडोल ब्याडमिन्टन स्पोर्टस्का राजु घिमिरे र प्रविन कार्कीको जोडीलाई २१–१७, २१–१२ ले पराजि गदै क्वाटरफाईनलमा स्थान बनाए ।
यस्तै क्वाटरफाईनलमा स्थान बनाउने क्रममा आयोजकका दिपन महर्जन र भुवन श्रेष्ठको जोडीले क्लब ७ का बिकास महर्जन र प्रदीप महर्जनको जोडीलाई २१–११, २१–१६ तथा दिप्रिस मुनी बज्राचार्य र सुमन शाक्यको जोडीले इमाडोल ब्याडमिन्टन स्पोर्टस्का तिर्थराज दर्लामी र दिपेश गुरुङ्गको जोडीलाई २१–५, २१–१३ ले, ११ स्टारका राजु बज्राचार्य र आकाश छन्त्यालको जोडीले आयोजकका जेम्स अवाले र राजेन्द्र महर्जनको जोडीलाई २१–१४, २१–१९ले, तथा आयोजकका दिपेश शाक्य र सुनिल शाक्यको जोडीले रिभाईभ लिजर पार्कका राम के।सी। र अजय थापाको जोडीलाई २१–८ को समान अन्तरले पराजित गर्दै अन्तिम आठमा स्थान बनाए ।
भेट्रान्स ४५ माथीको प्रतियोगितामा श्रीकृष्ण ब्याडमिन्टन क्लबका सुरेश बस्नेत र सिताराम श्रेष्ठको जोडी, महालक्ष्मी टोल बिकासका रञ्जित घतानी र रामु ताम्रकार, आयोजकका हरि महर्जन र रवी महर्जन, इमाडोल ब्याडमिन्टन स्पोर्टसका तिलक बुढाथोकी र दील बहादुर कदङ्गवा, आयोजकका किशोर ब्याञ्जनकार र दिलन महर्जन, फ्रेन्डसिप ब्याडमिन्टन क्लबका सानुबाबु महर्जन र राजकुमार राजकर्णिकार, सनराईज ब्याडमिन्टन क्लबका दीपक राना र टिका थापा तथा आयोजकका पूर्णभक्त चित्रकार र सुगत रत्न शाक्यको जोडीले पनि अन्तिम आठमा स्थान बनाए । प्रतियोगिताको फाईनल खेल भोली शनिबार हुने कार्यक्रम रहेको छ ।


पोखरा-कास्की जिल्ला फुटबल संघले फिफा फुटबल फर दि स्कुल कार्यक्रम अन्तर्गत शनिबार दोस्रो चरणमा १७ विद्यालयलाई बल हस्तान्तरण गरेको छ । कास्की जिल्ला फुटबल संघको परिसरमा विभिन्न सरकारी १७ विद्यालयलाई तीन तीन वटा बल हस्तान्तरण गरिएको थियो ।…
पोखरा-पोखरा महानगरपालिकासँगको सहकार्यमा गण्डकी प्रादेशिक क्रिकेट संघ गण्डकीले आगामी बैंशाखमा महानगर कप क्रिकेट प्रतियोगिता गर्ने तयारी गरेको छ । प्रधानमन्त्री एकदिवसीय क्रिकेट प्रतियोगिताको लागि गण्डकी प्रदेश टिम जर्सी अनावरण गर्दै महानग प्रमुख धनराज आचार्यले आगामी बैशाखमा महानगर कप…