
पोखरा-ग्रेट हिमालय क्रिकेट एकेडेमी दिल्ली गुडगाँउस्थित एपी क्रिकेट एकेडेमीसँग एकदिवसीय तथा टी-२० मैत्रीपूर्ण खेल खेल्न प्रस्थान गरेको छ । हिमालय क्रिकेट एकेडेमीले ३ देखि १० तारिखसम्म ५० ओभरको दुई खेल र दुई खेल टी-२० खेल्ने छ ।
टोलीमा आयुष कुमार झा, आर्जन सिम्खडा, सदित्य बन्जरा, विकेश श्रेष्ठ, परिष्कृत ढकाल, अनुरोध पन्त, इशान श्रेष्ठ, क्रिश कार्की, सन्दीप पगेनी, चन्दन राम, प्रवन्जय केसी, गौरव गजुरेल, सौगात दगांल, समीरराज पाण्डे र व्यवस्थापक सुरज केसी रहेका छन् । एकेडेमीलाई मनिन्द्र संहले विशेष प्रशिक्षण समेत दिने छन् । सिंह पूर्व उमेर समूहका एवं लेभल २ गरेका प्रशिक्षक समेत हुन् ।


पोखरा-चौथो एबीसी राष्ट्रिय एट ए साइड ४५ प्लस भेट्रान्स कप २०८२ को उपाधि बगर भाइखलकले हात पारेको छ । पोखरा रंगशालामा शुक्रबार सम्पन्न फाइनल खेलमा आयोजक एबीसीलाई ४–० गोल अन्तरले पराजित गर्दै प्रतियोगिताको उपाधी जितेको हो । उपाधि…
पोखरा-पोखरा महानगरपालिकासँगको सहकार्यमा गण्डकी प्रादेशिक क्रिकेट संघ गण्डकीले आगामी बैंशाखमा महानगर कप क्रिकेट प्रतियोगिता गर्ने तयारी गरेको छ । प्रधानमन्त्री एकदिवसीय क्रिकेट प्रतियोगिताको लागि गण्डकी प्रदेश टिम जर्सी अनावरण गर्दै महानग प्रमुख धनराज आचार्यले आगामी बैशाखमा महानगर कप…