
काठमाडौं- नेपाल लोकतान्त्रीक खेलकुद संघ, बागमती प्रदेशले सर्वियाको राजधानी बेलग्रेडमा आयोजना हुने आईवा बिश्व बक्सिङ्ग च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्न जान लागेका खेलाडी तथा प्रशिक्षकलाई बिहिबार खेल पोशाक सहित बिदाई गर्ने कार्यक्रम तय गरेको थियो । त्यसका लागि संघले नेपाल बक्सिङ्गलाई पत्राचार समेत गरिएकोमा अन्तमा खेलाडीहरुको उपस्थिति भने रहेन ।
खेलाडी अनुपस्थित रहेता पनि लोकतान्त्रीक खेलकुद संघ बागमती प्रदेशका अध्यक्ष दीपक गुरुङ्गले खेलाडीहरुलाई लोकतान्त्रीक खेलकुद संघ संधै खेलाडीहरुको पक्षमा रहेको र खेलाडीहरुको हक अधिकारका लागि सदा अग्रस्थानमा रहने भन्दै उच्च मनोबलका साथ खेल प्रदर्शन गर्दै जित हात पार्न शुभकामना ब्यक्त गरे । उनले खेलाडीहरुको मनोबल उच्च राख्नका लागि विविध नगदको घोषणा समेत गरे । जस्तै प्रत्येक बाउट जिते बापत २५ हजार, स्वर्ण प्राप्त गरेका १ लाख ५० हजार, रजतका लागि १ लाख र कास्य पदक प्राप्त गरेमा ५० हजार प्रदान गर्ने घोषणा समेत गरे ।
उनले खेलाडीहरु अनुपस्थिती रहेता पनि उक्त च्याम्पियनसिपमा सहभागिता जनाउने ४ खेलाडी, प्रशिक्षकका लागि प्रदान गर्न लागिएको खेल पोशाक ९ट्रायकसुट० संघका केन्द्रिय सदस्य ओम नारायण श्रेष्ठ मार्फत खेलाडीहरुलाई हस्तान्तरण गरे ।
कार्यक्रममा बोल्दै अध्यक्ष गुरुङ्गले संघले खेल भावनाको बिरुद्ध कार्य गरेको भन्दै नेपाल लोकतान्त्रीक खेलकुद संघ यस कार्यको घोर आपत्ती ब्यक्त गर्दछ र यस्ता कार्यका बिरुद्ध सम्वन्धित निकायलाई ध्यानाकर्षण गर्दै कार्यवाहीको लागि अग्रसर रहने बताए । उनले आफु पनि नेपाल बक्सिङ्ग संघको पूर्व महासचिव भएको भन्दै संघले खेलाडीहरुलाई राजनीतिमा मुछेको र संघले विधान विपरित कार्यहरु गरेका कारण संघका पदाधिकारीहरु विच पनि बैमनस्यता देखिएको बताए ।
कार्यक्रममा बोल्दै संघका पूर्व अध्यक्ष राजीव श्रेष्ठले खेलकुद जस्तो स्वच्छ छवी भएको ठाउँलाई अहिलेको कार्यसमितिले घरायसी संघको रुपमा संचालन गरेको र संघलाई खेल भावनाले अगाडी बढाउन नसकेकोमा आपत्ती जनाए । च्याम्पियनसिप कार्तिक ८ गते देखि २० गते सम्म संचालन हुनेछ ।


पोखरा-पोखरा विश्वविद्यालय अन्तर्गतको पोखरा विश्वविद्यालय फुटबल क्लबले जेष्ठ २९ गतेदेखि असार ५ गतेसम्म भण्डारढिक खेल मैदान, लेखनाथमा पोखरा विश्वविद्यालय सुपरकप फुटबल प्रतियोगिता–२०८३ को तेस्रो संस्करण आयोजना गर्ने भएको छ । क्लबका अध्यक्ष बिमान प्रधान का अनुसार प्रतियोगिताको विजेता…
पोखरा-पोखरा क्रिकेट एकेडेमीको आयोजनामा शुक्रबारदेखि पोखरामा छैटौँ संस्करणको ब्रेकिङ बाउन्ड्रीज छात्र÷छात्रा अन्तर विद्यालय टी–ट्वान्टी क्रिकेट प्रतियोगिता सुरु भएको छ । किडासा फाउण्डेशन र एमसिसीको सहयोग, कास्की जिल्ला क्रिकेट संघ र गण्डकी प्रदेश क्रिकेट संघको प्राविधिक सहयोगमा शुरु प्रतियोगिता…