
पोखरा-विश्व बक्सिङ्ग च्याम्पियनसिपमा सहभागि हुने चार नेपाली खेलाडीलाई युवा तथा खेलकुद मन्त्रालयले विदाई गरेको छ । अन्तराष्ट्रिय बक्सिङ्ग संघको आयोजनामा यहि अक्टोबर २५ देखि नोभेम्बर ६ तारिख सम्म सर्बियाको राजधानी वेलग्रेडमा हुने २१ औ एआईबीए विश्व बक्सिङ्ग च्याम्पियनसिप सहभागी हुने नेपालबाट ४ जना खेलाडी एवं प्रशिक्षकहरुलाई युवातथा खेलकुदमन्त्री महेश्वरजंग गहतराजले विदाई गरेका छन् । मन्त्रीज्यूबाट संपूर्ण खेलाडी तथाअफिसीयललाई अग्रिम बधाई तथा शुभकामना व्यक्त गर्दै मन्त्री गहतराजले बक्सिङ्गको महाकुम्भ प्रतियोगिता नेपाली खेलाडीहरुको उच्च प्रदर्शनका साथै पदक जित्नको लागी खेल्न प्रेरणा दिए ।
विश्वका १०५ राष्ट्रको १३ वटा तोल समुहमा ६५० जना खेलाडीहरुको सहभागीता रहेको च्याम्पियनसिपमा प्रत्येक तौल समुहमा स्वर्ण पदकको लागी एक लाख डलर, रजतपदकको लागीपचास हजार डलर र काश्यपदकजित्ने दुर्ई जनाको लागि २५र २५ हजार डलर पुरस्कारको साथै मेडल, प्रमाण पत्र र च्याम्पीयनसिप वेल्टको व्यवस्था गरिएको नेपाल बक्सिङ्ग संघले जनाएको छ ।
प्रतियोगिताबाट उत्कृष्ट ४८ के.जी. तौल समुहमा रविनथापा, ५७ के.जी. तौल समुहमा पुरन राई, ६३.५ के.जी. तौल समुहमाभुपेन्द्र थापा र ६७ के.जी. तौल समुहमा सनिल साहीले प्रतिस्पर्धा गर्नेछ । प्रशिक्षकको जिम्मेवारी प्रमुख प्रशिक्षक प्रकास थापामगर प्रशिक्षक किशोर लिम्बु र अफिसियलमा नेपालबक्सिङ्ग संघ सदस्य मानबहादुर भण्डारी र प्रनिर अधिकारीलाई जिम्मेवारी दिइएको छ ।
बक्सिङ्ग टोली आज च्याम्पियनसिपको लागि प्रस्थान गरेको छ । सहभागी खेलाडी एवं प्रशिक्षकहरुलाई नेपाल लोकतान्त्रीक खेलकुद संघबाट १ जोर ट्राकसुट, नेपालबक्सिङ्ग संघ उपाध्यक्ष भोजराज सिटौला ज्यूबाट पनि १ जोर ट्रकसुट, ८ औ साग स्वर्ण पदकबिजेता रामचन्द्र थापानगरबाट भेष्ट र होसन्नाचिन्नीभट्टाउद्योगबाट खेलाडीहरुको रिङ्ग ड्रेस २÷२ सेट प्रायोजन गरिएको थियो ।


पोखरा- नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोज २ र ३ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को सहयोगीमा हिमश्री फुड्स प्रालि सहयोगी भूमिकामा जोडिएको छ । हिमश्रीका निर्देशक प्रकाश केसीले मिडिया कपमा प्रालिको साथ रहने…
कास्की-चार मैत्रीपूर्ण टी—२० खेल्न पोखरा आईपुगेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पहिलो खेलमा गण्डकी प्रदेशको टोलीसँग ८ विकेटले पराजित भएको छ । पोखरा भ्रमणमा रहेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पोखरा रंगशाला क्रिकेट मैदानमा टस हारेर १९.३ ओभरमा…