
पोखरा- पोखरा ५ मालेपाटन स्थित बाराही खेल मैदानमा जारी चौथो अभियान कप भलिबल प्रतियोगितामा शुक्रवार मिडिया टिम पोखरालाई सोझो सेटमा पराजित गरेको छ । अभियान युथ क्लबको आयोजनामा भएको प्रतियोगिता अन्तरगत शुक्रबार भएको पहिलो खेलमा शान्ता भलिबल टे«निङ सेन्टरले मिडिया टिम पोखरालाई सोझो सेटमा हराएको छ ।
शान्ताले २५–१३, २५–२२ र २५–१२ को सोझो सेटमा हराउँदै सेमिफाइनलमा प्रवेश गरेको छ । यस्तै दोस्रो खेलमा मट्टिखान युवा क्लबले जागृती युथ क्लबलाई ३–१ को सेटमा हराउँदै सेमिफाइनल प्रवेश गरेको छ । मट्टिखानले २५–१३, २५–१९, १९–२५ र २५–११ को सेटमा हराएको हो । तेस्रो खेलमा पोखरा टप्सले कृस्ती युवा मिलन मञ्चलाई २५–२०, २५–२० र २५–२० कै सेटमा हरायो । अन्तिम तथा चौथो खेलमा बाराही मा.वि.ले नव शिर्जनशील युवा क्लबलाई २५–१८, २५–१७ र २५–१७ कै सेटमा हराउँदै सेमिफाइनलको यात्रा तय गरेको हो ।
प्रतियोगिता अन्तरगत शनिवार सेमिफाइनल सहित फाइनल खेल हुने क्लबका अध्यक्ष तथा प्रतियोगिता संयोजक राजु गिरीले जानकारी दिए । उनका अनुसार पहिलो सेमिफाइनल खेल शान्ता भलिबल टे«निङ सेन्टर र पोखरा टप्सबिच हुनेछ भने दोस्रो सेमिफाइनल खेल मट्टिखान युवा क्लब र बाराही मा.वि.बिच हुनेछ । प्रतियोगितामा कुल १२ टिमको सहभागिता रहेको थियो । प्रतियोगिताको विजेताले नगद ५५ हजार ५ सय ५५ रुपैँया सहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । त्यस्तै उपविजेताले नगद रु २५ हजार ५ सय ५५ रुपैँया सहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । विधागत पुरस्कार तर्फ भने ट्रफी रहेको छ ।


पोखरा-चौथो एबीसी राष्ट्रिय एट ए साइड ४५ प्लस भेट्रान्स कप २०८२ को उपाधि बगर भाइखलकले हात पारेको छ । पोखरा रंगशालामा शुक्रबार सम्पन्न फाइनल खेलमा आयोजक एबीसीलाई ४–० गोल अन्तरले पराजित गर्दै प्रतियोगिताको उपाधी जितेको हो । उपाधि…
पोखरा-पोखरा महानगरपालिकासँगको सहकार्यमा गण्डकी प्रादेशिक क्रिकेट संघ गण्डकीले आगामी बैंशाखमा महानगर कप क्रिकेट प्रतियोगिता गर्ने तयारी गरेको छ । प्रधानमन्त्री एकदिवसीय क्रिकेट प्रतियोगिताको लागि गण्डकी प्रदेश टिम जर्सी अनावरण गर्दै महानग प्रमुख धनराज आचार्यले आगामी बैशाखमा महानगर कप…