
पोखरा-विरेन्द्रनगर नगरपालिकासँग ४–१ गोल अन्तरले पराजित भएसँगै पोखरा महानगरपालिका राजधानीमा जारी उपमेयर कप राष्ट्रिय महिला लिग छनौट प्रतियोगिताबाट बाहिरिएको छ ।
ललितपुर स्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयको मैदानमा भएको खेलमा विरेन्द्रनगर नगरपालिकासँग पराजित भएसँगै जारी प्रतियोगितामा लगातार दोस्रो हार बेहोर्दै प्रतियोगिताबाट बाहिरिएको हो । उता जित निकालेको विरेन्द्र नगरले जारी प्रतियोगितामा सखुद सुरुआत गरेको छ ।
सुरुआतबाट नै दबाब दिएर खेलेको विरेन्द्रनगरले पहिलो हपाmमा २–१ को अग््रता लिएको थियो भने दोस्रो हाफमा थप दुई गोल गर्दै ४–१ को जित निश्चित गरेको थियो । विररेन्द्रनगरको जितमा सुमित्रा योन्जनले दुई गोल गरिन । समित्राले ३७औं र ७२औं मिनेटमा गोल गरेकी थिइन् । यस्तै कप्तान सम्झना शर्माले ३१औं मिनेटमा गोलको खाता खोल्दा सुस्मिता तामाङले खेल सकिन दुई मिनेट बाँकी रहँदा चौथो गोल गर्दै टोलीको जित निश्चित बनाएकी थिइन् । पोखराकी झरना चाम्लिङ राईले ३८औं मिनेटमा गरेको गोल पोखराका लागि सान्तोवना गोल बनेको थियो ।
जितसँगै वीरेन्द्रनगरले पहिलो खेलबाट ३ अंक जोडेको छ । जितले विरेन्द्रनगरलाई नकआउट चरणमा पुग्ने आशा बलियो भएको छ । लगातार दोस्रो हार ब्यहोरेको पोखरा भने बाहिरिएको हो । प्रतियोगिता अन्तर्गत आजै भएको खेलमा तुलसीपुर नगरपालिकाले हेटौडा उपमहानगरपालिकामाथि २–० को रोमाञ्चक जित निकाल्दै जारी प्रतियोगितामा सुखद सुरुआत गरेको छ । निकै प्रतिस्पर्धात्मक बनेको खेलमा दुबै टोलीले पहिलो हाफमा गोल रहित बराबरी खेलेका थिए । पहिलो हाफ भन्दा दोस्रो हाफमा फरक रणनीतिका साथ खेलेको तुलसीपुरले दुई मिनेटको अन्तरालमा दुई गोल गर्दै छनोट प्रतियोगितामा सुखद सुरुआत गरेको हो । तुलसीपुरको जितमा ममता पुन मगर ७७औ र मेनुका आले मगरले ७९औं मिनेट समान एक÷एक गोल गर्दा जित सुनिश्चत भएको थियो ।
जितसँगै समूह एफको तुलसीपुरले ३ अंक जोडेको छ । यता हेटौडाले भने लगातार दोस्रो खेलमा नतिजा सुम्पिएर प्रतियोगिताबाट बाहिरिएको छ । प्रतियोगितामा भोली दुई खेल हुनेछन् । पहिलो खेल बेदकोट नगरपालिका र गौरीगंगा नगरपालिका, दोस्रो खेल सुनकोसी र चौदण्डीगढी नगरपालिकाबीच प्रतिस्पर्धा हुनेछ । प्रतियोगिताको विजेता र उपविजेता टोली महिलाको राष्ट्रिय लिगमा छनोट हुनेछन् ।


पोखरा- नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोज २ र ३ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को सहयोगीमा हिमश्री फुड्स प्रालि सहयोगी भूमिकामा जोडिएको छ । हिमश्रीका निर्देशक प्रकाश केसीले मिडिया कपमा प्रालिको साथ रहने…
कास्की-चार मैत्रीपूर्ण टी—२० खेल्न पोखरा आईपुगेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पहिलो खेलमा गण्डकी प्रदेशको टोलीसँग ८ विकेटले पराजित भएको छ । पोखरा भ्रमणमा रहेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पोखरा रंगशाला क्रिकेट मैदानमा टस हारेर १९.३ ओभरमा…