कास्की यु–१९ क्रिकेट टिम घोषणा

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     कार्तिक २४ गते २०७८ मा प्रकाशित


पोखरा-वाई–वाई यु–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिताको लागि कास्की जिल्ला क्रिकेट संघले १६ सदस्यीय टोलीको घोषणा गरेको छ । कात्तिक २२ र २३ गते पोखरा रंगशालामा भएको छनोट क्याम्पबाट दुई बैकल्पिक सहित १६ सदस्यीय टोली घोषणा गरिएको हो । यसअघि संघले कात्तिक १५ देखि १७ गतेसम्म खुल्ला क्याम्प गरेर २४ सदस्यीय टोली चयन गरेको थियो । २४ जनाबाट १६ सदस्यीय टोलीको अन्तिम नामावली निकालेको हो ।


वाई वाई यु–१९ क्रिकेट प्रतियोगिताको लागि सुवास भण्डारीको कप्तानीमा टिम चयन गरिएको हो । किरण पौडेल(उपकप्तान), अभिषेक थापा, अर्जुन कुमाल, प्रमोद बास्तोला, नितेश गिरी, सिब्रिन श्रेष्ठ, सोहेल कुवँर, सुवास शर्मा सापकोटा(विकेट किपर), आयुष सैंजु, देव साह, सचिवकुमार यादव, प्रविन पौडेल, निर्मल तिमिल्सिना रहेका छन् । यसैगरी बैकल्पिकमा सञ्चार न्युरे र सुमन बुढा मगर रहेका छन् । प्रशिक्षकमा गोविन्द प्रधान र व्यवस्थापकमा चन्द्रकुमार गुरुङ रहेका छन् ।

छनोट भएका खेलाडीहरुको बिहीबारदेखि पोखरा रंगशाला क्रिकेट मैदानमा बन्द प्रशिक्षण शुरु गरिने कास्की जिल्ला क्रिकेट संघका अध्यक्ष सन्जयकान्त सिग्देलले जानकारी दिए । बिहीबार यु–१९ ले सिनियर मिक्स टिमसँग प्रतिस्पर्धा गर्ने छ । त्यस्तै यु–१९ ले भारतको स्थानीय भ्रमणकारी यु–१९ टोली सँग प्रतिस्पर्धा गर्ने कास्की जिल्ला क्रिकेट संघले जनाएको छ ।