
काठमाडौं– विभागीय टोली त्रिभुवन आर्मी क्लबका सुवास तामाङ र एपिएफका प्रदीप महर्जन प्रकाश दाहाल स्मृति दोस्रो पुरुष तथा महिला राष्ट्रिय बक्सिङ प्रतियोगिताको पुरुष ५१ केजीमा बिहीबार फाइनलमा प्रवेश गरेका छन् ।
नेपाल बक्सिङ संघको आयोजना तथा प्रकाश दाहाल स्मृति प्रतिष्ठानको सहकार्यमा भइरहेको प्रतियोगिताको सेमिफाइनलमा सुवासले उदयपुरका नारायण भुजेल तथा प्रदीपले रुकुमका जीवनकुमार पुनलाई पराजित गरे ।

पुरुष ५४ केजीमा आर्मीका प्रेम चौधरीले आर्मी ‘बी’ का सुदीप श्रेष्ठबाट वाकओभर पाउँदै फाइनलमा प्रवेश गरे । फाइनलमा उनको भेट भिपिबिसीका उपास गुरुङसँग हुनेछ । अर्को सेमिफाइनलमा उपासले स्विटका आङपेम्बा शेर्पालाई हराएका थिए ।
पुरुष ५७ केजीमा एपिएफका पुरन राईले एचटुओका बुद्ध ग्याल्मो लामा तथा बक्समान्डुका सुरज महर्जनले कञ्चनपुरका रञ्जन भट्टलाई पाखा लगाउँदै फाइनलमा स्थान बनाए । पुरुष ६० केजीमा बिएनकेबीका इन्द्रबहादुर सुनारले दाङका अनिल पुन मगर तथा कञ्चनपुरका महेन्द्र चन्दले बाँकेका नवीन घर्तीलाई पन्छाउँदै फाइनलमा स्थान सुरक्षित गरे । पुरुष ६३ केजीमा आर्मीका दोलबहादुर चौधरीले थानकोटका मनीष श्रेष्ठ तथा एपिएफका सोनम सार्कीले कास्कीका सागर परियारलाई निराश पार्दै फाइनलमा पुगे ।

महिला ४८ केजीमा नक्सालकी सुष्मा तामाङले आरडिएसकी रमिशा श्रेष्ठ र एचटुओकी अस्मिता दुवालले एपिएफकी सावित्री तामाङ, ५० केजीमा नक्सालकी डेनिका राईले कास्कीकी सोनिया बरुवाल र एपिएफकी माला राईले बक्समान्डुकी प्रतीक्षा अर्याल तथा ५२ केजीमा नक्सालकी शिला राईले आर्मी ‘बी’ की आरती तामाङ र आर्मीकी ललिता महर्जनले एपिएफकी सन्जुमाया थिङलाई पराजित गर्दै फाइनल यात्रा तय गरे ।


पोखरा- नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोज २ र ३ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को सहयोगीमा हिमश्री फुड्स प्रालि सहयोगी भूमिकामा जोडिएको छ । हिमश्रीका निर्देशक प्रकाश केसीले मिडिया कपमा प्रालिको साथ रहने…
कास्की-चार मैत्रीपूर्ण टी—२० खेल्न पोखरा आईपुगेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पहिलो खेलमा गण्डकी प्रदेशको टोलीसँग ८ विकेटले पराजित भएको छ । पोखरा भ्रमणमा रहेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पोखरा रंगशाला क्रिकेट मैदानमा टस हारेर १९.३ ओभरमा…