
पोखरा – नवप्रवेशी सातदोबाटो युथ क्लब र फ्रेन्डस क्लबबीचको खेलसँगै शुक्रबारबाट यस सिजनको सहिद स्मारक ‘ए’ डिभिजन लिग सुरु हुँदै छ । दुई चरणका खेल भने पोखरा ल्याउने तयारी अखिल नेपाल फुटबल संघ(एन्फा)ले गरेको छ । कोभिड १९ महामारीका कारण गत वर्ष अखिल नेपाल फुटबल संघ (एन्फा)ले लिग आयोजना गरेको थिएन । एक वर्षको अन्तरालपछि ‘ए’ डिभिजन लिग सुरु हुन लागेको हो ।

एन्फाले यस सिजनबाट सप्ताहान्तमा मात्र लिगका खेल सञ्चालन गर्ने तालिका सार्वजनिक गरिसकेको छ । जसअन्तर्गतच सुरुआती दुई चरणका खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछन् । लिगका खेल शुक्रबार, शनिबार, आइतबार र सोमबार मात्र हुनेछन् । पहिलो खेल एक बजे सुरु हुनेछ भने दोस्रो खेल फ्लडलाइटमा खेलाइनेछ ।
यस पटक एन्फाले लिगलाई उपत्यकाबाहिर समेत लैजाँदै छ । मनाङ मस्र्याङ्दीको घरेलु मैदानमा रहेको पोखरामा मनाङले पाँच खेल लैजान प्रस्ताव गरेको छ । मनाङको प्रस्तावमा सबै क्लब सहमत नभएमा एन्फा कम्तीमा दुई चरणका खेल पोखरा लैजाने योजनामा छ । करिब ४ महिना सञ्चालन हुने लिगमा साबिकको विजेता मच्छिन्द्र लिग उपाधि रक्षाको अभियानमा रहेको छ । यता २०७६ सालको लिगमा त्रिभुवन आर्मी क्लब मच्छिन्द्र क्लबविरुद्धको अन्तिम खेल अघिसम्म तालिकाको शीर्ष स्थानमा थियो । अन्तिम खेलमा एक अंक मात्रले पनि आर्मी लिग विजेता बन्ने थियो । तर मच्छिन्द्रलाई नतिजा सुम्पिएपछि आर्मी उपविजेतामा सीमित बन्यो । यस पटक आर्मी त्यो नमीठो हार बिर्साउँदै उपाधि जित्ने लक्ष्यमा लिगमा होमिएको छ ।
‘ए’ डिभिजन लिगमा साबिक विजेता मच्छिन्द्र, त्रिभुवन आर्मी क्लब, मनाङ, नेपाल पुलिस क्लब, जाउलाखेल युथ क्लब, न्युरोड टिम (एनआरटी), संकटा क्लब, च्यासल युथ क्लब, सातदोबाटो, फ्रेन्डस, एपिएफ, थ्री स्टार, ब्रिगेड ब्बाइज क्लब (बिबिसी) र हिमालयन शेर्पा गरी कुल १४ टोलीले प्रतिस्पार्धा गर्नेछन् । बिहीबार आयोजित पत्रकार सम्मेलनमा लिगमा सहभागी १४ मध्ये १३ क्लबका प्रशिक्षक र कप्तानले लिगमा आफ्नो टोलीको लक्ष्य र उपस्थितिका बारेमा आआफ्नो धारणा राखेका थिए । एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पाको हिमालयन शेर्पा क्लब भने सो कार्यक्रममा अनुपस्थित रह्यो । क्लबको लक्ष्य र उपस्थितिका बारेमा प्रशिक्षको धारणा ः

प्रवेश कटुवाल ( प्रशिक्षक,मछिन्द्र क्लब)
हामीले अग्रपंक्तिलाई ध्यानमा राख्दै बलियो टोली निर्माण गरेका छौं । यसअघिको लिगमा हामीसँग उपाधि जित्ने लक्ष्य मात्र थियो । यस पटक हामीसँग लिगको उपाधि रक्षा गर्ने चुनौती छ ।
राजु तामाङ (सहायक प्रशिक्षक, त्रिभुवन आर्मी क्लब)

हाम्रो लक्ष्य उपाधि जित्ने नै हो । गत सिजन हामीले राम्रो खेल्दाखेल्दै पनि अन्तिम खेलमा निराश हुँदा उपविजेतामा सीतिम हुनुप¥यो । हामी निरन्तर प्रशिक्षणमा छौं ।स्ट्राइकर नवयुग श्रेष्ठको अनुपस्थितिले टोलीलाई केही असर गरेको छ । तर पनि हामीसँग कप्तान भरत खवास, जर्जप्रिन्स कार्कीजस्ता अनुभवी खेलाडी छन् । त्यस्तै जगदीश श्रेष्ठ पनि टोलीमा थपिएका छन् । उनको उपस्थितिले टोलीले राम्रो नतिजा ल्याउनेमा हामी विश्वस्त छौं ।
राजेन्द्र तामाङ ( प्रशिक्षक, मनाङ मस्र्याङ्दी क्लब)
हामीले लिगका लागि कात्तिक ३ गतेबाट प्रशिक्षण सुरु गरेका हौं । तर बीचमा चाडपर्वले गर्दा टोलीको तयारीमा केही असर प¥यो । तर पनि छोटो तयारीका बावजुद बलियो टोली निर्माण भएको छ ।
हाम्रो लक्ष्य उपाधि जित्ने नै हो । सबै टोली राम्रा छन् । लिगका खेल पोखरा लैजाने कुराले उत्साही छौं, किनभने त्यहाँ हाम्रा समर्थक धेरै हुनुहुन्छ । हामीलाई त्यहाँ खेल्दा केही सहज हुन सक्छ ।
उज्जन श्रेष्ठ ( प्रशिक्षक, थ्री स्टार क्लब)
राम्रो तयारी गरेका छांै । युवा तथा अनुभवी खेलाडीको उपस्थितिले सन्तुलित टोली बनेको छ । हाम्रो लक्ष्य लिग उपाधि नै हो । यस पटक सबै टोली राम्रा छन् । त्यसैले लिगका खेल प्रतिस्पर्धात्मक हुनेमा विश्वस्त छु ।
अनन्त थापा (प्रशिक्षक, नेपाल पुलिस क्लब)
विभागीय टोली भएकाले हामी निरन्तर प्रशिक्षणमा छौं । हाम्रो लक्ष्य रामो टोली निर्माण गर्दै लिगमा दरिलो उपस्थिति जनाउनु हो । टोलीमा केही नयाँ खेलाडी छन् ।यस पटक लिगमा सबै टोली बलिया छन् तर मच्छिन्द्र केही बलियोजस्तो देखिन्छ ।
किशोरकुमार केसी (प्रशिक्षक, जावलाखेल युथ क्लब)
गत सिजन पनि हामीले राम्रो प्रदर्शन गरेका थियांै । यस सिजन पनि स्वाभाविक प्रदर्शन गर्ने लक्ष्यमा छौं । हामीले धेरै अपेक्षा राखेका छैनांंै । हाम्रो लक्ष्य शीर्ष ४ भित्र बस्नु हो ।

राजुकाजी शाक्य (प्रशिक्षक, एनआरटी क्लब)
हामीले राम्रो तयारी गरेका छौं । प्रशिक्षण दौरान मैदानका कारण केही समस्या भयो । छोटो तयारीका बावजुद राम्रो टोली बनेको छ । टोलीमा रहेका दुई विदेशी खेलाडीले नेपाल सुपर लिगमा आफूलाई प्रमाणित गरिसकेका छन् । त्यसैले उनीहरूको उपस्थितिमा राम्रो स्थान हात पार्नेमा म विश्वस्त छु ।
सनोज श्रेष्ठ (प्रशिक्षक, ब्रिगेड ब्वाइज क्लब)
गत सिजनको भन्दा हामी यस सिजन राम्रो प्रदर्शन गर्ने योजनामा छौं । उत्कृष्ट नतिजा दिने योजनमा छौं । हामीसँग उमेरसमूहका धेरै खेलाडी छन् । उनीहरूबाट राम्रो प्रदर्शनको अपेक्षा गरेको छु ।
मृगेन्द्र मिश्र (प्रशिक्षक, फ्रेन्ड्स क्लब)
हामीले लिगका लागि ४० दिन प्रशिक्षण गरेका छांै । हाम्रो लक्ष्य भनेको आफू कसरी रेलिगेसनबाट जोगिने भन्ने रहेको छ ।
पहिलो खेलमा सातदोबाटोसँग खेल्दै छांै । नयाँ टोलीमा नयाँ जोस छ । त्यसैले हामीले उनीहरूलाई कमजोर टोलीका रूपमा लिएका छैनांै ।
बालगोपाल साहुखल (प्रशिक्षक, च्यासल युथ क्लब)
युवा टोली बनेको छ । विराज महर्जनजस्ता अनुभवी खेलाडी त्यसमा मिसिएका छन् । युवा टोली भएकाले हाम्रो लक्ष्य तालिकाको मध्य स्थामा रहने हो ।
कप्तान सन्तोस साहुखल आउने कुरा छ । आशा छ, उनी लिगको मध्यसम्म क्लबमा आइसक्नेछन् ।
विष्णु गुरुङ (प्रशिक्षक, संकटा क्लब)
लिगका लागि सबै टोलीले राम्रो तयारी गरेका छन् । त्यसैले कसैलाई पनि कमजोर टोलीका रूपमा लिँदैनांै । तयारी राम्रो भएकाले सुखद नतिजा ल्याउनेमा आशावादी छौं ।
कुमार थापा (प्रशिक्षक, एपिएफ क्लब)
हामीले गत सिजन निकै खराब नतिजा ल्यायौं । त्यसैले यस पटकको लक्ष्य भनेको त्यो नतिजामा सुधार गर्दै शीर्ष आठभित्र अटाउने हो ।

मेघराज केसी (प्रशिक्षक, सातदोबाटो युथ क्लब)
हाम्रा लागि यो पहिलो ‘ए’ डिभिजन लिग अनुभव हो । तयारी पर्याप्त गरेका छौं । त्यसैले पहिलो सहभागितालाई स्मरणीय बनाउन चाहन्छौं । हामी निकै उत्साही छौं ।
नेपाली लिगमा सबै क्लबको समान हैसियत हो । हामी लिगमा नयाँ टोली भएकाले अन्य टोलीले हामीलाई कमजोर टोलीका रूपमा हेर्लान्, तर हामी कमजोर छैनौं ।
सातदोबाटोको प्रदर्शनले कसैलाई पनि यो ‘ए’ डिभिजनको नयाँ क्लब हो भन्ने महसुस हुन दिँदैनौं ।
ए डिभिजन लिग खेल्न पाउनु नै ठूलो कुरा हो । त्यसमाथि हामी उद्घाटन खेल खेल्दै छौं ।


पोखरा-सहाराको आवासिय एकेडेमीमा तीस जना बालक छन् । भरणपोषण र शिक्षादिक्षा समय अनुकुल खर्चिलो बन्दै गएको छ । आयस्रोत आर्थिक सहयोग जुटाउने बाहेक केही छैन् । सहयोग जुटाउने अभियानमा सहाराले गतवर्ष तिहार लगत्तै च्यारिटी डिनर कार्यक्रम आयोजना गरेको…