
file pic
काठमाडौं, – नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले कतारसँगको टी–२० अन्तराष्ट्रिय शृंखलामा क्लिन स्वीप गरेको छ । कतारविरुद्ध १ सय ९ रनको फराकिलो जित निकाल्दै नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले खेलको श्रृखंलामा क्लिन स्वीप गरेको हो ।
दोहास्थित वेस्ट इन्ड पार्क स्टेडियममा नेपालले दिएको १ सय ६५ रनको लक्ष्य पछ्याउने क्रममा कतारले निर्धारित २० ओभरको समाप्तिमा ७ विकेट गुमाएर ५५ रनमा समेटिँदा नेपालले शृंखला क्लिन स्विप गरेको हो । नेपालले दिएको १ सय ६५ रनको लक्ष्य सहित जावफी ब्याटिङ गरेको कतारका लागि अलिना खानले सर्वाधिक १९ रनको पारी खेल्दा कप्तान अयेशाले १३ रनको योगदान गर्दै पवेलियन फर्किइन् । अन्य ब्याट्सवुमनले भने दोहोरो अंकको स्कोर गर्न सकेनन् । १६ औं ओभरमा ७ विकेट गुमाएर ५० रन जोडेको कतारले बाँकी ओभरमा मात्र ५ रन जोडेको थियो ।

कसिलो बलिङ गर्दै कतारलाई निरिह बनाउने क्रममा नेपालका लागि कप्तान रुबिना क्षेत्री, सरस्वती कुमारी चौधरी र सवनम राईले समान १÷१ विकेट हात पारे भने चार खेलाडी रन आउट भएका थिए । यस अघि टस जितेर पहिला गरेको नेपालले निर्धारित २० ओभरको खेलमा ३ विकेट गुमाएर १ सय ६४ रन जोडेको थियो । नेपालको लागि उपकप्तान सिता राना मगरले अविजित ८२ रनको अर्धशतकीय इनिङ्स खेलिन । ७२ बलको सामना गरेकी सिताले ७ चौका प्रहार गरेकी थिइन् । यससँगै सिताले ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा पहिलो अर्धसतक पनि पूरा गरकी छिन् । यस्तै ज्योति पाण्डेले २४ तथा डोली भट्टले १२ रन बनाउँदा काजल श्रेष्ठ १२ रनमा पवेयिन फर्किँदा सरिता मगर १७ रनमा अविजित रहिन ।

नेपालको तीन विकेट निकाल्ने क्रममा कतारकी एन्जेलिन मारे, साची ढाटवाल र आयशले १÷१ विकेट लिए । तीन खेलको शृंखला अन्र्तगत नेपालले पहिलो खेलमा कतारलाई १ सय १९ रनले हराएको थियो भने दोस्रो खेलमा बुधबार ६१ रनको जित निकाल्न सफल भएको थियो । पहिलो अन्तराष्ट्रिय क्रिकेट शृंखलामा ऐतिहासिक सफलता प्राप्त गरेको नेपालले आईसीसी महिला ट्वान्टी–२० विश्वकपको एसियाली छनोटको तयारी स्वरूप कतारसँग तीन खेलको ट्वान्टी–२० शृंखला खेलेको हो । विश्वकप छनोट भने नोभेम्बर २२ देखि २८ सम्म दुबईमा आयोजना हुनेछ । टोली शुक्रबार विश्वकप छनोटका लागि कतारबाटै दुबई प्रस्थान गर्ने तालिका छ ।


पोखरा-पोखरा विश्वविद्यालय अन्तर्गतको पोखरा विश्वविद्यालय फुटबल क्लबले जेष्ठ २९ गतेदेखि असार ५ गतेसम्म भण्डारढिक खेल मैदान, लेखनाथमा पोखरा विश्वविद्यालय सुपरकप फुटबल प्रतियोगिता–२०८३ को तेस्रो संस्करण आयोजना गर्ने भएको छ । क्लबका अध्यक्ष बिमान प्रधान का अनुसार प्रतियोगिताको विजेता…
पोखरा-पोखरा क्रिकेट एकेडेमीको आयोजनामा शुक्रबारदेखि पोखरामा छैटौँ संस्करणको ब्रेकिङ बाउन्ड्रीज छात्र÷छात्रा अन्तर विद्यालय टी–ट्वान्टी क्रिकेट प्रतियोगिता सुरु भएको छ । किडासा फाउण्डेशन र एमसिसीको सहयोग, कास्की जिल्ला क्रिकेट संघ र गण्डकी प्रदेश क्रिकेट संघको प्राविधिक सहयोगमा शुरु प्रतियोगिता…