
पोखरा-गुरुङ स्पोर्ट्स हाउसको आयोजनमा प्रथम गुरुङ स्पोर्ट्स हाउस कप राष्ट्रिय खुला भेट्रान्स पुरुष भलिबल प्रतियोगिता मंगलबार सुरु हुदै छ । पाँच दिने प्रतियोगितामा १६ टोलीको सहभागिता निश्चत भइ सकेको आयोजक टोलीका संयोजक विकास गुरुङले जानकारी दिए ।
१५ लाख रुपैया लागत रहेको प्रतियोगितामा ४० वर्ष भन्दा माथिको खेलाडीहरुको सहभागिता रहेको छ ।
सोमबार आयोजित पत्रकार सम्मेलनमा आयोजक गुरुङ स्पोर्ट्स हाउसका अध्यक्ष नबीन गुरुङले प्रतियोगिताले नेपाली भलीबल खेलाडीलाई भावनात्मक रुपमा एकताबद्ध बनाउन सहयोग गर्ने वताए । प्रतियोगिताको उपाधि विजेताले १ लाख ११ हजार १ सय ११ रुपैया पुरस्कार पाउने छ । यसैगरी, उपविजयी टोलीले ६१ हजार १ सय ११ तथा तेस्रो हुने टोलीले ३१ हजार १ सय ११ रुपैया पुरस्कार पाउने छन् । चौथो हुने टोलीले ११ हजार १ सय ११ रुपैया पुरस्कार पाउने छन् ।
गोङ्गबु बसपार्कस्थित ढोरपाटन भलिबल प्रशिक्षण केन्द्रको कोर्टमा आयोजना हुने प्रतियोगिता लिगकम नकआउटको आधारमा हुने छ । एक टोलीमा पाँच खेलाडी समाबेश हुने छन् । चार खेलाडी मैदानमा उपस्थित हुने छन् । प्रतियोगिताको आयोजनामा हङकङ बस्ने गौरव गुरुङ, हेल्प नेपाल स्पोर्ट्स क्लबका अध्यक्ष बासु श्रेष्ठ, हाल अमेरिका बस्ने राजु केसी र हाल जापान बस्ने रामु थापा ‘ काजी ’ लगायतको मुख्य भुमिका रहेको छ ।
पत्रकार सम्मेलनमा नेपाल भलिबल संघका कार्यबाहक अध्यक्ष याम गुरुङ, उपाध्यक्ष निरोज मास्के, सचिव मनबीर छन्त्याल, सदस्य राज कुमार गुरुङ, रिता कोइराला, श्रीराम बोगटीको उपस्थिती रहेको थियो ।


पोखरा- नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोज २ र ३ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को सहयोगीमा हिमश्री फुड्स प्रालि सहयोगी भूमिकामा जोडिएको छ । हिमश्रीका निर्देशक प्रकाश केसीले मिडिया कपमा प्रालिको साथ रहने…
कास्की-चार मैत्रीपूर्ण टी—२० खेल्न पोखरा आईपुगेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पहिलो खेलमा गण्डकी प्रदेशको टोलीसँग ८ विकेटले पराजित भएको छ । पोखरा भ्रमणमा रहेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पोखरा रंगशाला क्रिकेट मैदानमा टस हारेर १९.३ ओभरमा…