
काठमाडौं-राष्ट्रिय खेलकुद परिषद् (राखेप)का नवनियुक्त सदस्य–सचिव टंकलाल घिसिङले राखेपअन्तर्गतका विभिन्न विभागका प्रमुखहरुसंग बुधबार बैठक बसी छलफल गरेका छन् । सदस्य–सचिवको कार्यभार सम्हालेको दोश्रो दिन विभागका समस्या, कार्य प्रगति विवरणलगायतका बारे जानकारी लिन बैठकमा छलफल गरिएको हो ।
बैठकमा प्रशासन विभागका प्रमुख कुलबहादुर थापा, तालिम तथा प्रशिक्षण विभागका निर्देशक अर्जुन विक र उपनिर्देशक हिमाल दाहाल, राष्ट्रिय टिम तयारीका निर्देशक महेन्द्रकुमार राई, विद्यालय खेलकुद विकास विभागका प्रमुख वज्र केसी, पूर्वाधार निर्माण तथा मर्मत शाखाका प्रमुख अरुण उपाध्यायले आ–आफ्नो विभाग र शाखाका बारेमा जानकारी गराएका थिए ।
उक्त अवसरमा प्रशासनिक र प्राविधिक कर्मचारीको अवस्था, जिल्ला र क्षेत्रका कार्यालयको अवस्था, कर्मचारी समायोजन र पदपूर्ति, भौतिक पूर्वाधारको अवस्था, बजेटलगायतका विषयमा सदस्य–सचिव घिसिङलाई जानकारी गराइएको थियो ।
बैठकलाई सम्बोधन गर्दै सदस्य–सचिव घिसिङले परिषद्मा रहेको विभिन्न प्रकार समस्यालाई हल गर्दै अगाडि बढ्ने बताउदै खेलकुद क्षेत्रलाई अझ गतिशिल बनाउन सबैको सहकार्य आवश्यक रहेको बताए । उनले क्रमैसंग बाँकी शाखा र विभागका प्रमुखसंग पनि छलफल गर्ने जानकारी दिए ।


पोखरा-कास्की जिल्ला फुटबल संघले फिफा फुटबल फर दि स्कुल कार्यक्रम अन्तर्गत शनिबार दोस्रो चरणमा १७ विद्यालयलाई बल हस्तान्तरण गरेको छ । कास्की जिल्ला फुटबल संघको परिसरमा विभिन्न सरकारी १७ विद्यालयलाई तीन तीन वटा बल हस्तान्तरण गरिएको थियो ।…
पोखरा-पोखरा महानगरपालिकासँगको सहकार्यमा गण्डकी प्रादेशिक क्रिकेट संघ गण्डकीले आगामी बैंशाखमा महानगर कप क्रिकेट प्रतियोगिता गर्ने तयारी गरेको छ । प्रधानमन्त्री एकदिवसीय क्रिकेट प्रतियोगिताको लागि गण्डकी प्रदेश टिम जर्सी अनावरण गर्दै महानग प्रमुख धनराज आचार्यले आगामी बैशाखमा महानगर कप…