
काठमाडौं-राष्ट्रिय खेलकुद परिषद् (राखेप)का नवनियुक्त सदस्य–सचिव टंकलाल घिसिङलाई राष्ट्रिय पुरुष÷महिला क्रिकेट खेलाडीले मंगलबार भेट गरेका छन् ।
भेटका अवसरमा खेलाडीले क्रिकेटका विविध पक्ष बारे जानकारी गराएका थिए । सदस्य–सचिव घिसिङले क्रिकेट खेल र खेलाडीको स्तरबृद्धि गर्न परिषद्ले सक्दो प्रयास गर्ने प्रतिबद्धता जनाउदै सबै खेलका खेलाडीको प्रोत्साहनका लागि परिषद् अगाडि बढ्ने बताए ।


पोखरा- नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोज २ र ३ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को सहयोगीमा हिमश्री फुड्स प्रालि सहयोगी भूमिकामा जोडिएको छ । हिमश्रीका निर्देशक प्रकाश केसीले मिडिया कपमा प्रालिको साथ रहने…
कास्की-चार मैत्रीपूर्ण टी—२० खेल्न पोखरा आईपुगेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पहिलो खेलमा गण्डकी प्रदेशको टोलीसँग ८ विकेटले पराजित भएको छ । पोखरा भ्रमणमा रहेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पोखरा रंगशाला क्रिकेट मैदानमा टस हारेर १९.३ ओभरमा…