
काठमाडौं-राष्ट्रिय खेलकुद परिषद् (राखेप) का नवनियुक्त सदस्य–सचिव टंकलाल घिसिङले बिहीबार भौतिक पूर्वाधारको निरीक्षण गरेका छन् । सुरुमा त्रिपुरेश्वरस्थित राखेप हातामा रहेको प्रशासनिक भवनको निरीक्षण गरेका सदस्य–सचिव घिसिङ त्यसपछि अन्तर्राष्ट्रिय खेलकुद परिसर हातामा रहेका पूर्वाधारको निरीक्षण गर्न सातदोबाटो गएका थिए ।
पूर्वाधारको निरीक्षण गर्नुअघि सदस्य–सचिव घिसिङ तालिम तथा प्रशिक्षण विभागले सातदोबाटौमै आयोजना गरेको विभिन्न २२ खेलका मुख्य प्रशिक्षकहरुसंगको छलफल कार्यक्रममा सहभागी भए ।
त्यसपछि सदस्य–सचिव घिसिङले परिसर हातामा रहेका सुटिङ रेन्ज, फिट्नेस सेन्टर, पौडी पोखरी, बक्सिङको प्रशिक्षण स्थल र कराते हलको निरीक्षण गरेका थिए ।


पोखरा- नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोज २ र ३ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को सहयोगीमा हिमश्री फुड्स प्रालि सहयोगी भूमिकामा जोडिएको छ । हिमश्रीका निर्देशक प्रकाश केसीले मिडिया कपमा प्रालिको साथ रहने…
कास्की-चार मैत्रीपूर्ण टी—२० खेल्न पोखरा आईपुगेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पहिलो खेलमा गण्डकी प्रदेशको टोलीसँग ८ विकेटले पराजित भएको छ । पोखरा भ्रमणमा रहेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पोखरा रंगशाला क्रिकेट मैदानमा टस हारेर १९.३ ओभरमा…