
काठमाडौं-विश्व चर्चित खेलकुद सामाग्री उत्पादक कम्पनी एडिडासले शुक्रबारबाट नेपालको छैटौं फ्ल्यागसिप स्टोरका रुपमा न्युरोडमा नयाँ सोरुम सञ्चालनमा ल्याएको छ ।
काठमाडौं उपत्यकाका विभिन्न पाँच स्थानबाट यसअघि एडिडासका खेल सामाग्री तथा पोशाक विक्री गर्दै आएको नेपालका लागि एडिडासको आधिकारिक विक्रेता रुटस् फेसन प्रा. लि. ले आफ्नो छैटौं शाखाको रुपमा न्युरोडबाट विक्री सूरु गरेको हो । यसअघि रुटस् फेसनले काठमाडौंको दरबारमार्ग, सिटी सेन्टर कमलपोखरी, पुतलीसडक, सिभिल मल र ललितपुरको जावलाखेलबाट एडिडासका खेलकुद सामाग्री तथा पोसाक विक्री गर्दै आएको थियो ।
सन् २००१ देखि सञ्चालनमा आएको रुटस् फेसन प्रा. ली. ले राजधानीका मुख्य व्यापारिक केन्द्रबाट एसिडाडसको विश्वस्तरिय उत्पादन नेपाली खेलकुद पारखीहरुका माझ निरन्तर पु¥याउँदै आएको छ । विश्व खेलकुद जगतमै एलिट ब्रान्डका रुपमा स्थापित एडिडासले आफ्नो सुरुआती कालदेखी नै नेपाली खेलकुद जगतको विकास र विस्तारमा समेत प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा सधैं सहयोग गर्दै आएको एडिडास नेपालका अध्यक्ष सञ्जिव तुलाधरले बताए ।
नेपाली राष्ट्रिय फुटबल टोली, सहिद स्मारक ‘ए’ डिभिजन लिगको महारथी थ्री स्टार क्लब, एथ्लेटिक्स तथा बक्सिङका थुप्रै राष्ट्रिय खेलाडीलगायतलाई एडिडास नेपालले प्रायोजन गरिसकेको छ । एडिडास नेपालका अध्यक्ष तुलाधरले आगामी दिनमा पनि नेपाली खेलकुदलाई विभिन्न तहबाट सहयोग जारी राख्ने प्रतिबद्धता जनाएका छन् ।
‘हाम्रो देशको मुख्य व्यापारिक केन्द्र न्युरोडमा हामीले एडिडासको शाखा विस्तारका लागि विगत चाार पाँच वर्ष देखि नै उपयुक्त स्थान खोजिरहेका थियौं,’ एडिडास नेपालका अध्यक्ष तुलाधरले भने, ‘सबै नेपालीको पहुँचमा एडिडासका खेलकुद सामाग्री र पोसाक पुगोस् भन्ने मुख्य उद्देश्यका साथ हामीले नयाँ शाखा सञ्चालनमा ल्याएका हौं ।’


पोखरा- नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोज २ र ३ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को सहयोगीमा हिमश्री फुड्स प्रालि सहयोगी भूमिकामा जोडिएको छ । हिमश्रीका निर्देशक प्रकाश केसीले मिडिया कपमा प्रालिको साथ रहने…
कास्की-चार मैत्रीपूर्ण टी—२० खेल्न पोखरा आईपुगेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पहिलो खेलमा गण्डकी प्रदेशको टोलीसँग ८ विकेटले पराजित भएको छ । पोखरा भ्रमणमा रहेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पोखरा रंगशाला क्रिकेट मैदानमा टस हारेर १९.३ ओभरमा…