
काठमाडौं-राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले युथ एथलेटिक्स च्याम्पियनसिपमा सहभागी हुन काठमाडौं आएका बंगलादेश एथलेटिक्स टोलीका प्रतिनिधिसंग आइतबार भेट गरेका छन् ।
सदस्य–सचिव घिसिङले बंगलादेश क्रिरा शिख्खा प्रोतिष्ठानका ट्रेनिङ डाइरेक्टर कर्णेल मोहम्मद मिजानुर रहमान र बंगलादेश इन्स्टिच्युट अफ स्पोर्ट्सकी लेक्चरर फर्हाना बेन्टी बरीलगायत तीन सदस्यीय टोलीसंग त्रिपुरेश्वरस्थित आफ्नै कार्यकक्षमा भेट गरेका हुन् ।
भेटका अवसरमा सदस्य–सचिव घिसिङले च्याम्पियनसिपमा सहभागी हुन नेपाल आएकोमा धन्यवाद दिदै स्वागत गरे । बंगलादेश टोलीले सदस्य–सचिव बंगलादेश एथलेटिक्सका बारेमा संक्षिप्त जानकारी गराउदै सदस्य–सचिव घिसिङलाई बंगलादेश भ्रमणका लागि आग्रह गरे । दुई पक्षबीच मायाको चिनो पनि आदान–प्रदान गरिएको थियो ।
एथलेटिक्स परिवार, नेपालको आयोजनामा सोमबारदेखि च्याम्पियनसिप त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सुरु हुँदै छ । च्याम्पियनसिपमा बंगलोदशबाट समान ४–४ पुरुष÷महिला गरी ८ खेलाडी सहभागी हुँदै छन् ।


पोखरा- नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोज २ र ३ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को सहयोगीमा हिमश्री फुड्स प्रालि सहयोगी भूमिकामा जोडिएको छ । हिमश्रीका निर्देशक प्रकाश केसीले मिडिया कपमा प्रालिको साथ रहने…
कास्की-चार मैत्रीपूर्ण टी—२० खेल्न पोखरा आईपुगेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पहिलो खेलमा गण्डकी प्रदेशको टोलीसँग ८ विकेटले पराजित भएको छ । पोखरा भ्रमणमा रहेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पोखरा रंगशाला क्रिकेट मैदानमा टस हारेर १९.३ ओभरमा…