
काठमाडौ । बंगलादेशको ढाकामा हुने एसियन सेन्ट्रल जोन महिला तथा पुरुष भलिबल प्रतियोगिताको लागि नेपाली पुरुष टोलीको पहिलो चरणको छनोट बाट चार खेलाडी बाहिरिएका छन् ।
नेपाल भलिबल संघले आइतबार २० खेलाडीबाट चार खेलाडीलाई बाहिर राख्दै १६ सदस्यीय टोलीको घोषणा गरेको हो । बाहिरिने चार खेलाडीमा दिल बहादुर सुनुवार, झमान सिह दर्जी, विजय थापा र दुर्गा महतो रहेका छन् ।
डच प्रशिक्षक हान एबिङको नेतृत्वमा नेपाली टोलीले मंसिर पहिलो साताबाट बन्द प्रशिक्षण सुरु गरेको थियो ।
डिसेम्बर २१ देखि २९ सम्म ढाकामा आयोजना हुने प्रतियोगिताको लागि नेपालि महिला र पुरुष टोलीले प्रशिक्षण सुरु गरेका हुन् ।
यस अघि प्रशिक्षक जगदीश भट्टको नेतृत्वमा १५ सदस्यीय महिला टोलिको पहिलो चरणको घोषणा भइसकेको छ ।
महिला र पुरुषतर्फका अन्तिम छनोट केही दिनमा नै हुने संघले जनाएको छ ।
छनोट भएका खेलाडीहरुमा इम बहादुर राना, हरिहजुर थापा,मान बहादुर श्रेष्ठ ,धन बहादुर भट्ट ,राजेन्द्र विस्ट ,धिरज बस्नेत ,टेकराज अवस्थी ,हरि बहादुर अधिकारी ,दुर्गा बहादुर थापा,भैरव बहादुर बम,दिपकराज जोशी ,रविन चन्द ,सरनसामरी क्षेत्री ,विशाल बहादुर विक ,इश्वर थापा र विनोद चन्द रहेका छन् ।


पोखरा- नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोज २ र ३ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को सहयोगीमा हिमश्री फुड्स प्रालि सहयोगी भूमिकामा जोडिएको छ । हिमश्रीका निर्देशक प्रकाश केसीले मिडिया कपमा प्रालिको साथ रहने…
कास्की-चार मैत्रीपूर्ण टी—२० खेल्न पोखरा आईपुगेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पहिलो खेलमा गण्डकी प्रदेशको टोलीसँग ८ विकेटले पराजित भएको छ । पोखरा भ्रमणमा रहेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पोखरा रंगशाला क्रिकेट मैदानमा टस हारेर १९.३ ओभरमा…