
पोखरा-टाईगर ग्रुप अफ नेपालले आगामी पुस अन्तिम साता दोस्रो संस्करणको राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगिता आयोजना गर्ने निर्णय गरेको छ । पोखरा रंगशालामा शनिबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराउँदै पुस २६ गतेदेखि माघको १ गतेसम्म ‘दोस्रो टाईगर कम आमन्त्रित खुल्ला क्लब च्याम्पियनसिप महिला÷पुरुष भलिबल प्रतियोगिता गर्ने तयारीमा जुटेको हो ।
पोखरालाई भलिबल केन्द्रको रुपमा स्थापित गर्ने मात्रै नभई युवा खेलाडी उत्पादनमा भूमिका खेल्ने लक्ष्यसहित प्रतियोगिता शुरु गरिएको टाईगर ग्रुपका अध्यक्ष नारायणप्रसाद शर्माले बताए । पोखरालाई खेलकुदको शहरको रुपमा चिनाउने तथा खेल पर्यटनको प्रवद्र्धन गर्ने उद्देश्यले पोखरा रंगशालास्थित भलिबल प्रशिक्षण केन्द्रको कोर्टमा प्रतियोगिता आयोजना गरिने छ ।
प्रतियोगिता राउण्ड रोविन लिगमा खेलाईने छ । महिला तथा पुरुषमा गरी ५÷५ टोलीको सहभािगता रहने पत्रकार सम्मेलनमा जानकारी दिईयो । पुरुष तर्फ विभागीय क्लबहरु नेपाल आर्मी, शसस्त्र प्रहरी बल(एपीएफ), नेपाल पुलिस क्लब, हेल्प नेपाल स्पोर्टस क्लबसँगै आयोजक गण्डकी प्रदेशको टोलीले उपाधि प्रतिस्पर्धा गर्ने छन् । महिला तर्फ विभागीय क्लबहरु नेपाल आर्मी, शसस्त्रर प्रहरी, नेपाल पुलिस, न्यु डायमण्ड र आयोजक संस्था टाईगर ग्रुप अफ पोखरा नेपालको सहभागिता रहने अध्यक्ष शर्माले बताए ।
‘टिमले विदेशी खेलाडीलाई भित्र्याउन सक्छन्’ अध्यक्षले भने–‘नेपाल भलिबल संघको नियमानुसरा टिमहरुले विदेशी खेलाडीलाई अनुबन्धन गरेर खेलाउने पाउने छन् ।’ चार विदेशी खेलाडीलाई समावेश गर्न पाउने प्रावधान भएपनि एकैपटक तीन खेलाडीले कोर्टमा उत्रिएर प्रतिस्पर्धा गर्न पाउने अध्यक्ष शर्माले स्पष्ट पारे ।
टाईगर ग्रुपले पुरस्कार राशी समेत दोब्बर बृद्धि गरेको छ । महिला तथा पुरुष विजेताले दोस्रो संस्करणमा ३÷३ लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गर्ने छन् । उपविजेताले दुवै टोलीले १ लाख ५० हजार रुपैयाँ पाउने छन् । तेस्रो हुने टोलीलाई नगद ७५ हजारको दरले पुरस्कार प्रदान गरिने छ । सात्वना टोलीलाई समेत नगद ३५ हजार रुपैयाँ प्रदान गर्ने टाईगर ग्रुपले जनाएको छ ।
उत्कृष्ट खेलाडीलाई नगद २५÷२५ हजार रुपैयाँ प्रदान गरिने छ भने विधाका उत्कृष्ट खेलाडीलाई नगद १०÷१० हजार रुपैयाँ प्रदान गरिने छ । नेपाल भलिबल संघको स्वीकृति, राष्ट्रिय खेलकुद परिषदको, गण्डकी प्रदेश युवा तथा खेलकुद मन्त्रालय, प्रदेश खेलकुद परिषद, पोखरा महानगरपालिका, अन्नपूर्ण गाँउपालिका, जिल्ला खेलकुद विकास समिति, पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समिति , पश्चिमाञ्चल भलिबल संघ, कास्की जिल्ला भलिबल संघको विशेष सहयोग रहने छ ।


पोखरा-चौथो एबीसी राष्ट्रिय एट ए साइड ४५ प्लस भेट्रान्स कप २०८२ को उपाधि बगर भाइखलकले हात पारेको छ । पोखरा रंगशालामा शुक्रबार सम्पन्न फाइनल खेलमा आयोजक एबीसीलाई ४–० गोल अन्तरले पराजित गर्दै प्रतियोगिताको उपाधी जितेको हो । उपाधि…
पोखरा-पोखरा महानगरपालिकासँगको सहकार्यमा गण्डकी प्रादेशिक क्रिकेट संघ गण्डकीले आगामी बैंशाखमा महानगर कप क्रिकेट प्रतियोगिता गर्ने तयारी गरेको छ । प्रधानमन्त्री एकदिवसीय क्रिकेट प्रतियोगिताको लागि गण्डकी प्रदेश टिम जर्सी अनावरण गर्दै महानग प्रमुख धनराज आचार्यले आगामी बैशाखमा महानगर कप…