
पोखरा – कास्कीको रूपाज्योति माध्यमिक विद्यालयद्वारा आयोजित मैत्रीपूर्ण शिक्षक भलिबलप्रतियोगिताको उपाधि आयोजक विद्यालयले जितेको छ । रूपागाउँपालिका–६, तालबेंसीमा सञ्चालित विद्यालयले आफ्नो ४१ औँवार्षिकोत्सवको सन्दर्भ पारेर आयोजना गरेको प्रतियोगितामा चन्द्रप्रभा मावि, भिरचोकलाई २–१ सेटमा पराजित गर्दै रूपाज्योतिले उपाधि जितेको हो ।
अन्तरविद्यालय छात्र भलिबल प्रतियोगितामा विश्वशान्ति मावि, देउरालीले आयोजक रूपाज्योतिलाई २–१ कोसेटमा पराजित गरेको थियो । दुवै प्रतियोगितामा गाउँपालिकाभित्रका ९ वटा माध्यमिक विद्यालयहरूको सहभागिता रहेको थियो । शिक्षक र छात्र दुवै प्रतियोगितामा प्रथम हुनेले नगद १५ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र तथादोस्रो हुनेले ८ हजार नगदसहित मेडल र प्रमाणपत्र प्राप्त गरेका थिए ।
प्रतियोगितामाशिक्षकभलिबलतर्फ रूपाज्योतिमाविकाभगवान् थापा र छात्रतर्फ विश्वशान्तिमाविकाएलन ठकुरी उत्कृष्ट खेलाडी घोषित भएकाथिए । प्रतियोगिताको प्रायोजन राइट फर चिल्ड्रेन र रूपागाउँपालिकाले गरेका थिए ।प


पोखरा-पोखरा विश्वविद्यालय अन्तर्गतको पोखरा विश्वविद्यालय फुटबल क्लबले जेष्ठ २९ गतेदेखि असार ५ गतेसम्म भण्डारढिक खेल मैदान, लेखनाथमा पोखरा विश्वविद्यालय सुपरकप फुटबल प्रतियोगिता–२०८३ को तेस्रो संस्करण आयोजना गर्ने भएको छ । क्लबका अध्यक्ष बिमान प्रधान का अनुसार प्रतियोगिताको विजेता…