
काठमाडौं -नेपाल क्रिकेट संघ क्यानको बारबाहीमा परेका चार खेलाडीले निर्णय पुनर्विचार गर्न क्यानसँग आग्रह गरेका छन् ।
पूर्व कप्तान ज्ञानेन्द्र मल्ल, उपकप्तान दिपेन्द्र सिंह ऐरी, सोमपाल कामी र कमल सिंह ऐरीले पत्रकार सम्मेलन गर्दै क्यानले गरेको कारबाही पुनर्विचार गर्न आग्रह गरेका हुन । चार खेलाडीले क्यानलाई तत्काल संवाद अघि बढाउन आग्रह गरेका हुन् ।
मल्लले आफुहरु संवादका लागि तयार रहेको भन्दै क्यानले निर्णय पुनर्विचार गर्न पटक पटक आग्रह गरेका हुन । यस्तै मल्लले राष्ट्रिय टिमभित्र आफुले गुट बनाएको आरोप निराधार रहेको बताउँदै बर्गिकरणको विषयलाई उठाउँदै यति कारबाही नहुनु पर्ने बताए ।
‘क्यानले जे गरेको छ, यति कारबाही हुनुपर्छ जस्तो लाग्दैन । कारबाही र वर्गिकरणको विषयमा पुनर्विचार होस भने हामीले क्यानसँग आग्रह गरेका हौं,’ मल्लले भने ।
क्यानको निर्णयले क्रिकेटमा भविष्य खोजिरहेका खेलाडीले ब्याट र बल छाड्नुपर्ने दुर्भाग्यपूर्ण अवस्था नआओस भन्दै क्यानसँग अपिल गरेका हुन । आफूहरुलाई जिम्मेवारीबाट हटाउनुको साथै ६ महिनासम्म सेन्ट्रल कन्ट्र्याक्टमा नराख्ने जस्ता कारबाही गरिएको समाचारले निकै दुखी बनाएको बताएका छन् ।
क्यानको कारबाहीमा परेका खेलाडीले पछिल्लो समय खेलाडीको बर्गिकरणको विषयलाई लिएर असन्तुष्टि जनाउँदै अभिव्यत्ति दिएका थिए । सोही विषयलाई लिएर क्यानले स्पष्टि करण पनि मागेको थियो । अनुशासन पालना नगरेको भन्दै क्यानले ज्ञानेन्द्र मल्ल, दीपेन्द्रसिंह ऐरी, सोमपाल कामी र कमलसिंह ऐरीलाई कारबाही गरेको थियो। मल्ललाई राष्ट्रिय टोलीको कप्तानबाट हटाएको छ भने ऐरीलाई उपकप्तानबाट हटाएको छ । त्यस्तै, चार जनालाई ६ महीना सेन्ट्रल कन्ट्याक्टबाट पनि अलग गरेको छ । कप्तान र उपकप्तानको जिम्मेवारी खोस्दै सन्दीप लामिछानेलाई कप्तानको जिम्मेवार दिइएको थियो ।


पोखरा-पोखरा विश्वविद्यालय अन्तर्गतको पोखरा विश्वविद्यालय फुटबल क्लबले जेष्ठ २९ गतेदेखि असार ५ गतेसम्म भण्डारढिक खेल मैदान, लेखनाथमा पोखरा विश्वविद्यालय सुपरकप फुटबल प्रतियोगिता–२०८३ को तेस्रो संस्करण आयोजना गर्ने भएको छ । क्लबका अध्यक्ष बिमान प्रधान का अनुसार प्रतियोगिताको विजेता…