
काठमाडौं-आयोजक अक्सब्रिज इन्टरनेसनल कलेज प्रथम अक्सब्रिज थ्री बाइ थ्री ब्वाइज बास्केटबल प्रतियोगिताको प्लस टुतर्फ आइतबार सेमिफाइनलमा प्रवेश गरेको छ ।
महालक्ष्मीस्थानस्थित घरेलु कोर्टमा अक्सब्रिजले बर्नहार्टलाई १९–१० ले पराजित ग¥यो । अक्सब्रिजका सिर्जन महतले १० स्कोर गरे ।
प्लस टुमै टाइम्स, नवोदित र टिम रुकिज पनि आ–आफ्नो खेल जित्दै सेमिफाइनलमा स्थान सुरक्षित गर्न सफल रहे ।
टाइम्सले क्याम्प अन द कोर्टलाई १९–१५ ले हरायो । टाइम्सका पेम्बा शेर्पाले ८ अंक जोडे । नवोदितले युलेन्सलाई १०–९ तथा रुकिजले ह्वाइटहाउसलाई १६–१४ ले पाखा लगाए । सेमिफाइनलमा अक्सब्रिजले टाइम्स तथा नवोदितले रुकिज विरुद्ध प्रतिस्पर्धा गर्ने छन् ।
प्रतियोगिताको प्याब्सनका केन्द्रीय उपमहासचिव आरबी कट्वाल र अक्सब्रिजका प्रिन्सिपल डा। कृष्णप्रसाद पाण्डेले निर्णायक दुर्गा थापालाई एक कार्यक्रमबीच बल हस्तान्तरण गरी संयुक्त उद्घाटन गरे । प्रतियोगिताअन्तर्गत सोमबार बेचलर्सतर्फ खेल हुने प्रतियोगिता संयोजक विमल कार्कीले जानकारी गराए । प्लस टु र बेचलर्सतर्फ समान २०–२० टिम सहभागी छन् । फाइनल मंगलबार हुने छ । नगद पुरस्कार पनि राखिएको छ ।


पोखरा-अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा जारी गण्डकी पीएम कप महिला टी(२० छनोट प्रतियोगिता आईतबार भएको खेलमा कास्कीले बागलुङलाई ८९ रनको फराकिलो जित निकालेको छ । खेलमा बागलुङकी कप्तान संरचना गिसी तामाङले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेकी थिइन्। पहिले…