टेबल टेनिस खेलेर उदघाटन गर्दै गण्डकी प्रदेश युवा तथा खेलकुद मन्त्री राजीव गुरुङ(निलो ट्रयाकमा) ।
पोखरा-महानगर खेलकुद विकास समितिको आयोजनामा मंगलबारदेखि पोखरा रंगशालामा महानगर खुल्ला महिला तथा पुरुष टेबलटेनिस प्रतियोगिता शुरु भएको छ । महानगरका विभिन्न विद्यालयका टेबलटेनिसका खेलाडीहरुले प्रतिस्पर्धा गरेका छन् ।
प्रतियोगिताको उदघाटन गण्डकी प्रदेश युवा तथा खेलकुद मन्त्री राजीव गुरुङले गरे । नवौं राष्ट्रिय खेलकुद प्रतियोगितालाई लक्षित गर्दै महानगर खेलकुद विकास समितिले टेबल टेनिस प्रतियोगिता आयोजना गरेको हो । प्रतियोगितामा गण्डकी प्रदेश खेलकुद परिषदका सदस्य सचिव तेजबहादुर गुरुङ, उपाध्यक्ष ध्वजकुमार गुरुङ, महानगर खेलकुद विकास समितिका अध्यक्ष दिपकबहादुर गोदार, टेवल टेनिस संघका अध्यक्ष उत्तम जोशी लगायत, महानगरखेलकुद खेलकुद विकास समितिका सदस्य सचिव सुवास खड्का लगायतको उपस्थिति थियो ।
मन्त्री गुरुङ र सदस्य सचिव तेज गुरुङको जोडी र संघका अध्यक्ष जोशी र खेलकुद परिषदका उपाध्यक्ष ध्वजकुमार गुरुङ जोडी बीच टेबल टेनिस प्रतिस्पर्धा गर्दै प्रतियोगिताको उदघाटन गरिएको थियो । मन्त्रीको समेत टेबलटेनिस प्रति चासो राख्दै खेलाडीलाई अझ उत्साहित र प्रोत्साहित गरेका थिए । मन्त्री गुरुङ समेत टेबल टेनिस खेल्दै आएका छन् । प्रतियोगिता पोखरा रंगशालाको टेबलटेनिस हलमा गरिएको छ । लिगमा खेलाईएको प्रतिस्पर्धाको फाईनल बुधबार हुने छ ।