
काठमाडौं । दुई सेटले पछि परेको पनि उत्कृष्ट पुनरागमन गर्दै नेपालले एसियन सेन्ट्रल जोन महिला भलिबल च्यालेन्ज कपमा सुखद सुरुआत गरेको छ ।
बंगलादेशको मिरपुरस्थित सोहरावर्दी राष्ट्रिय इन्डोर स्टेडियममा भएको आफ्नो पहिलो खेलमा नेपालले श्रीलंकामाथि ३–२ को रोमाञ्चक जित निकाल्दै च्यालेन्ज कपमा सुखद सुरुआत गरेको हो । यससँगै नेपालले श्रीलंकामाथि विजयी अभियानलाई निरन्तरता दिएको छ । यसअघि सन् २०१९ मा सम्पन्न १३औं दक्षिण एसियाली खेलकुद (साग) मा नेपालले श्रीलंकालाई ३–० को सोझो सेटमा हराउँदै फाइनलको यात्रा तय गरेको थियो । यस पटक भने श्रीलंकाले नेपाललाई कडा चुनौती दियो । सुरुआती दुई सेट आफ्नो बनाउँदै श्रीलंकाले नेपालमाथि दबाब बनायो ।
पहिलो सेट १९–२५ ले गुमाएको नेपालले दोस्रो सेटमा पनि सफलता पाउन सकेन ।
उक्त सेट श्रीलंकाले २५–२१ ले आफ्नो बनायो । यसपछि भने खेलले रोमाञ्चक मोड लियो । तेस्रो सेट नेपालले २५–१५ ले आफ्नो बनाउँदै बलियो आत्मबल बटुल्यो । तर, चौथो सेटको सुरुआतमा भने नेपाल पछि प¥यो । तथापि, नेपालले उक्त सेट २५–१९ ले आफ्नो बनाउँदै सेटमा २–२ को बराबरी ग¥यो । पाँचौं तथा निर्णायक सेटमा भने एक समय अग्रता गुमाउँदा नेपाल हारको सँघारमा पुगेको थियो । एक समय नेपाल १२–९ ले अघि थियो । तर, श्रीलंकाले लगातार चार अंक थप्दै १३–१२ ले अग्रता बनायो । यो नतिजाले १३औं सागमा भारतसँग फाइनलमा हारको झझल्को दियो, जहाँ नेपाल अन्तिम समय समालिन नसक्दा ३–२ ले पराजित हुँदै उपाधिविहीन बनेको थियो । तथापि, यस पटक भने नेपाली चेलीले गल्ती गरेनन् र लगातार तीन अंक जोड्दै श्रीलंकामाथि १५–१३ ले रोमाञ्चक जित दिलाए ।
यो नतिजासँगै नेपालले श्रीलंकासँग भेट ३–३ को बराबरीमा पु¥याएको छ । श्रीलंकाले सन् १९९९, २०१० र २०१४ को सागमा नेपाललाई हराएको थियो । नेपालले भने घरेलु मैदानमा सन् २०१५ को दक्षिण एसियाली भलिबल च्याम्पियनसिप र १९औं सागमा श्रीलंकामाथि जित निकालको थियो । जितसँगै नेपालले नतिजा बराबरी ग¥यो । नेपाली टोली प्रशिक्षक जगदीश भट्टले खेलाडीबाट स्वाभाविक प्रदर्शन हुन नसकेको बताए ।
‘सुरुआती दुई सेट अत्यन्तै दबाबमा खेल्नुप¥यो । २० प्रतिशत खेल पनि सुरुआती सेटमा खेल्न सकेनौं । सोही कारण सुरुआती दुई सेट गुमाउनु प¥यो,’ मुख्य प्रशिक्षक जगदीश भट्टले भने, ‘टोलीको प्रर्दशनमा सन्तुष्ट छैन् । सर्भिस, स्पाइक र रिसिझको प्वाइन्ट अफ भ्यूबाट सोचे जस्तो भएन । पछि परेको अवस्थामा सुनिता खड्का र शान्ति थारुको प्रदर्शनले उत्साह जगायो । जसका कारण हामी खेलमा फर्किन सफल भयौं । उनीहरुकै प्रदर्शनबाट हामीले पछिल्ला सेटमा जित निकाल्दै पहिलो खेलमा सुखद नतिजा निकाल्यौं ।’
बिहीबार नै भएका अन्य खेलमा उज्बेकिस्तानले माल्दिभ्सलाई २५–११, २५–८ र २५–११ ले हराउँदा आयोजक बंगलादेशले किर्गिस्तानसँग २५–१७, २५–२२ र २६–२४ को सोझो सेटमा हार बेहो¥यो ।
महिलातर्पm राउन्ड रोविनको आधारमा भएको खेलमा ६ टोली समावेश छन् । लिगको शीर्ष दुई टोलीले फाइनल खेल्नेछन् । नेपाल, बंगलादेश र उज्बेकिस्तानले पहिलो खेलमा सफलता निकाल्दै शीर्ष दुइर्को दाबेदारी प्रस्तुत गरेका छन् । नेपालले शुक्रबार माल्दिभ्ससँग आफ्नो दोस्रो खेल खेल्नेछ । त्यसपछि नेपालले २५ डिसेम्बरमा घरेलु टोली बंगलादेशसँग तथा लिगको अन्तिम खेलमा उज्बेकिस्तानसँग खेल्नेछ ।
पुरुषतर्पm पहिलो खेलमा भने नेपाल आयोजक बंगलादेशसँग सोझो सेटमै स्तब्ध भयो । सहिद सोहरावर्दी इन्डोर स्टेडियममा बिहीबार नेपाल बंगलादेशसँग ३–० को सोझो सेटमा स्तब्ध भयो । घरेलु टोलीविरुद्ध नेपालले खराब डिफेन्स प्रस्तुत ग¥यो । साथै बंगलादेशको चुनौतीपूर्ण ब्लकसामू नेपालको स्पाइकर पनि निरिह साबित भए । पहिलो सेट १७–२५ ले गुमाएको नेपालले दोस्रो सेट पनि १७–२५ ले नै गुमाउनपुग्यो ।
दोस्रो सेटमा १३–१३ को बराबरीको अवस्थाबाट नेपाल पछि प¥यो । तेस्रो सेट पनि २५–१९ ले गुमाउँदा नेपाल सोझो सेटमा पराजित भयो ।
अब नेपालले दोस्रो खेलमा शुक्रबार उज्बेकिस्तान, तेस्रो खेलमा शनिबार श्रीलंका र चौथो तथा अन्तिम खेल आइतबार माल्दिभ्ससँग खेल्नेछ । पुरुषतर्फ भने राउन्ड रोविन लिगमा सहभागी पाँच टोलीमध्ये शीर्ष दुई टोलीले फाइनल खेल्ने तय छ ।


पोखरा-पोखरा विश्वविद्यालय अन्तर्गतको पोखरा विश्वविद्यालय फुटबल क्लबले जेष्ठ २९ गतेदेखि असार ५ गतेसम्म भण्डारढिक खेल मैदान, लेखनाथमा पोखरा विश्वविद्यालय सुपरकप फुटबल प्रतियोगिता–२०८३ को तेस्रो संस्करण आयोजना गर्ने भएको छ । क्लबका अध्यक्ष बिमान प्रधान का अनुसार प्रतियोगिताको विजेता…