
काठमाडौं । माल्दिभ्समाथि सहज जित निकाल्दै नेपालले बंगलादेशमा जारी एसियन सेन्ट्रल जोन भलिबल च्यालेन्जकपमा लगातार दोस्रो जित निकाल्दा पुरुष तर्फको खेलमा नेपालले अघिल्लो सिजनको उपविजेता उब्जेकिस्तानमाथि रोमाञ्चक जित निकालेको छ ।
बंगलादेशको ढाकामा जारी एसियन सेन्ट्रल जोन भलिबल च्यालेन्ज कपको महिलातर्फको खेलमा नेपालले माल्दिभ्समाथि ३–० को सोझो सेटमा जित निकाल्दै जारी प्रतियोगितामा लगातार दोस्रो जित निकाल्दा पुरुष टोलीले उज्बेकिस्तानलाई पुनरागमन ३–१ को सेटमा हराउँदै जारी प्रतियोगितामा पहिलो जित निकालेको हो ।
महिला तर्फको खेलमा प्रशिक्षक जगदीश भट्टले दोस्रो रोजाईका खेलाडीलाई स्थान दिँदै अनुभवको मौका दिएका थिए । सहज टिम भएकाले सुरुआतमा दोस्रो रोजाईका खेलाडीलाई स्थान दिँदै अनुभवका लागि कोर्टमा उत्रारिएको प्रशिक्षक जगदीश भट्टले जानकारी दिए ।
शुक्रबार भएको खेलमा नेपालले माल्दिभ्सलाई सोझो सेटमा हराउने क्रममा २५–११, २५–९, २५–५को सहज जित निकालेको थियो । टोलीमा दोस्रो रोजाई खेलाडीले स्थान पाउँदा सेटर कृपा अधिकारी, कामना विष्ट, उषा भण्डारीलाई मौका दिइएको थियो । लगातारको जितपछि नेपालले अंक तालिकामा ५ अंक बनाएको छ । माल्दिभ्समाथि सोझो सटमो जित निकालेको नेपालले ३ अंक जोड्दा श्रीलंकामाथि ३–२ को सेटमा जित निकाल्दा २ अंक जोडेको हो । महिला तर्फ शुत्रबारकै अर्को खेलमा बंगलादेश उज्बेकिस्तान तथा किर्गिस्तान श्रीलंकासँग ३–० को सोझो सेटमा पराजित भए ।
प्रतियोगिता अन्तर्गत पुरुष तर्फको खेलमा भने नेपालले उज्बेकिस्तानमाथि ३–१ को रोमाञ्चक जित निकाल्यो । आफ्नो दोस्रो खेलमा उज्बेकिस्तानमाथि जित निकाल्ने क्रममा नेपालले पहिलो सेट १८–२५ ले गुमाएको थियो । त्यसपछिका बाँकी सेटमा उत्कृष्ट पुनरागमन गर्न सफल भयो । दोस्रो र तेस्रो सेटमा समान २५–२१ को रोमाञ्चक जित निकालेको नेपालले प्रतिस्पर्धात्मक बनेको चौंथो सेटमा २५–२३ बाजी मा¥यो । संघर्षपूर्ण जित निकालेको नेपालले जारी प्रतियोगितामा पहिलो सफलता पनि हात पारेको हो ।
खेलमा नेपालका धन बहादुर प्लेयर अफ दि म्याच चुनिए । यस अघि बिहीबार भएको पहिलो खेलमा नेपाल आयोजक बंगलादेशसँग ३–० को सोझो सेटमै पराजित भएको थियो । अब नेपालले तेस्रो खेल शनिबार श्रीलंका र अन्तिम खेलमा आइतबार माल्दिभ्ससँग खेल्नेछ ।
पुरुषतर्फ र महिलाका दुबै खेल राउण्ड रोबिनको आधारमा हुनेछन । शीर्ष दुई टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् भने तेस्रो र चौंथो टोलीले तेस्रो स्थानको लागि प्रतिस्पर्धा गर्ने छन् ।


पोखरा-सहाराको आवासिय एकेडेमीमा तीस जना बालक छन् । भरणपोषण र शिक्षादिक्षा समय अनुकुल खर्चिलो बन्दै गएको छ । आयस्रोत आर्थिक सहयोग जुटाउने बाहेक केही छैन् । सहयोग जुटाउने अभियानमा सहाराले गतवर्ष तिहार लगत्तै च्यारिटी डिनर कार्यक्रम आयोजना गरेको…