
काठमाडौं । आयोजक बंगलादेशमाथि सहज जित हात पारेको नेपाली महिला टोलीले बंगलादेशमा जारी एसियन सिनियर सेन्ट्रल जोन पुरुष तथा महिला भलिबल च्यालेन्ज कपमा लगातार तेस्रो जित निकालेको छ ।
ढाकाको मिरपुरस्थित शहिद शुरवार्दी इन्डोर स्टेडियममा भएको खेलमा नेपाली महिला टोलीले बंगलादेशलाई ३–० को सोझो सेटमा हराउँदै जारी प्रतियोगितामा तेस्रो जित निकालेको हो । सहज जित निकालेको नेपाल फाइनल नजिक पुगेको छ ।
आयोजक सामु निकै खुलेर खेलको नेपालले पहिलो सेटमा २५–५ को सहज जित निकालेको थियो । त्यसपछि उच्च मनोबलका साथ खेलेको महिला टोलीले दोस्रो सेट २५–१५ र तेस्रो सेटमा २५–१७ को जित निकाल्दै जारी प्रतियोगितामा लगातार तेस्रो जित निकालेको हो ।
जितपछि नेपालले तीन खेलबाट ८ अंक भएको छ । आफ्नो पहिलो खेलमा श्रीलंकालाई ३–२ को सेटमा हराउँदै दुई अंक जोडेको नेपालले दोस्रो खेलमा माल्दिभ्सलाई ३–० को सोझो सेटमा पराजित गर्दा तालिकामा स्पष्ट ३ अंक जोडेको थियो । यस्तै शनिबार पनि सहज जित निकाल्दै ३ अंक जोडेको नेपालले समग्रमा ८ अंक जोड्दै शीर्ष स्थानमा उक्लिएको हो । दोस्रो स्थानमा रहेको उज्वेकिस्तानको ६ अंक छ । यस्तै श्रीलंकाको ४ तथा किर्गिस्तानको ३ अंक छ । आयोजक बंगलादेशले भने अंकको खाता खोल्न सकेको छैन । अब नेपालले आइतबार उज्वेकिस्तानसँग प्रतिस्पर्धा गर्नेछ ।
शनिबारै सम्पन्न महिला तर्फको अर्को खेलमा उज्बेकिस्तानले किर्गिस्तानलाई सोझो सेटमा हराउँदा दिनको दोस्रो खेलमा श्रीलंकाले माल्दिभ्सलाई स्तब्ध बनायो ।
प्रतियोगिता अन्र्तगत पुरुष तर्फको खेलमा भने नेपाली टोली श्रीलंकासँग ३–१ को सेटमा पराजित भयो । यस अघि आफ्नो दोस्रो खेलमा उज्बेकिस्तानमाथि पुनरागमन ३–२ को सुखद नजिता निकालेको नेपालले शनिबार भने लयलाई निरन्तरता दिन सकेन । यससँगै नेपालले बंगलादेशमा जारी प्रतियोगितामा दोस्रो हार भोगेको छ ।
प्रतिस्पर्धात्मक भएको खेलमा नेपालले पहिलो सेट १८–२५ ले गुमाएपनि दोस्रो सेटमा २५–२२ ले पुनरागमन गरेको थियो । तेस्रो सेटमा भने नेपालले दोस्रो सेटको लयलाई निरन्तरता दिन सकेन । १६–२५ गुमाउँदा एक सेटले पछि परेको नेपालले चौथो सेट पनि गुमाउन पुग्यो । १५–२५ चौथो सेट सुम्पिएर श्रीलंकाले नेपालविरुद्ध ३–१ को सेटमा जित निकाल्न सफल भयो ।
हारसँगै नेपालको फाइनल पुग्ने सम्भावना कमजोर भएको छ । नेपालले ३ खेल खेल्दा ३ अंक जोडेको छ । नेपाल पहिलो खेलमा बंगलादेशसँग ३–० को सोझो सेटमा पराजित हुँदा दोस्रो खेलमा साविकको उपविजेता उज्वेकिस्तानलाई ३–१ को सेटमा हराउँदै शुक्रबार भएको खेलमा अंकको खाता खोलेको थियो । अब नेपालले लिग चरणको अन्तिम खेल आइतबार माल्दिभ्ससँग खेल्नेछ ।


पोखरा ÷ घरेलु टोलीलाई पराजित गर्दै नेपाल पुलिस क्लबले पोखरामा आयोजित प्रथम महिला गोल्डकपको सुखद शुरुवात गरेको छ । पोखरा रंगशालास्थित फुटबल मैदानमा शुक्रबारको उदघाटन खेलमा नेपाल पुलिस क्लबले आरएस फुटबल क्लब पोखरालाई फराकिलो गोल अन्तरले हराउने क्रममा…
पोखरा-पोखरा महानगरपालिकासँगको सहकार्यमा गण्डकी प्रादेशिक क्रिकेट संघ गण्डकीले आगामी बैंशाखमा महानगर कप क्रिकेट प्रतियोगिता गर्ने तयारी गरेको छ । प्रधानमन्त्री एकदिवसीय क्रिकेट प्रतियोगिताको लागि गण्डकी प्रदेश टिम जर्सी अनावरण गर्दै महानग प्रमुख धनराज आचार्यले आगामी बैशाखमा महानगर कप…