
धनगढी-विभागीय टीम एपिएफ क्लबले प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । एपिएफले प्रदेश १ लाई पराजित गर्दै सुदुरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा भएको प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि जितेको हो । धनगढीको फाप्ला क्रिकेट मैदानमा भएको फाईनल खेलमा प्रदेश १ लाई ७ विकेटले हराउँदै च्याम्पीयन भएको हो । उपाधि जितेसँगै विभागीय टीम एपिएफले नगद ५ लाख सहित ट्रफी र मेडल प्राप्त गरेको छ । उपविजेता भएको प्रदेश १ ले नगद ३ लाख सहित ट्रफी र मेडल पाएको छ ।
एपिएफले टस जितेर पहिले फिल्डिङ रोजेपछि प्रदेश १ ले ब्याटिङ गर्दै २० ओभरमा ६ विकेट क्षतिमा ६७ रन बनायो । खराब ब्याटिङ गरेको प्रदेश १ का लागि कप्तान रुविना क्षेत्रीले ३४ रन बनाईन् । अप्सरी वेगमले ११ रन बनाउनु बाहेक अन्य खेलाडीले दोहोरो रन अंक जोड्न सकेनन् । एपिएफका लागि सीता राना मगरले ३ र रेखा रावलले २ विकेट लिईन् ।
प्रदेश १ ले दिएको ६८ रनको लक्ष्य एपिएफले १४ दशमलव २ ओभरमा ३ विकेट क्षतिमा पुरा गर्यो । एपिएफका लागि ओपनर ज्योती पाण्डेयले अविजित ३७ रन बनाईन् । ममता चौधरीले १७ रन थपिन् । ७ रनमा दुई विकेट गुमाएर दबाबमा आएको एपिएफलाई ज्योती र ममताले जितसम्म डोराएकी हुन् । प्रदेश १ का लागि कप्तान रुविना क्षेत्रीले ३ विकेट लिईन् । खेलमा एपिएफकी सीता राना मगर प्लेयर अफ द म्याच भईन् । नेपाल क्रिकेट संघको आयोजना र सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघको सह आयोजनामा पुस ३ गतेदेखि सुरु भएको प्रतियोगिता आईतबार सकिएको छ ।


पोखरा- नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोज २ र ३ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को सहयोगीमा हिमश्री फुड्स प्रालि सहयोगी भूमिकामा जोडिएको छ । हिमश्रीका निर्देशक प्रकाश केसीले मिडिया कपमा प्रालिको साथ रहने…