
धनगढी-प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधिमाथि एपिएफले कब्जा गर्दा प्रतियोगिताका विधामा भने प्रदेश १ ले कब्जा जमाएको छ ।
प्रतियोगिताकै उत्कृष्ट खेलाडी, उत्कृष्ट ब्याट्सओम्यान र उत्कृष्ट बलर गरी तीन वटै विधामा प्रदेश १ ले बाजी मारेको हो । प्रदेश १ की कप्तान रुविना क्षेत्री प्रतियोगिताकै उत्कृष्ट खेलाडी भईन् । उनले नगद २५ हजार सहित मेडल पाईन् । उनले प्रतियोगितामा ५ खेल खेल्दा १५७ रन बनाईन । जसमा उनको एक अर्धशतक सामेल रहेको छ ।

सर्वाधिक ७६ रनको पारी खेलेकी उनले प्रतियोगितामा १९ चौका प्रहार गरिन् । बलिङ तर्फ पनि उनी सर्वाधिक विकेट लिने खेलाडीको दोस्रो नम्बरमा रहँदा ८ विकेट हात पारिन् । प्रतियोगिताभर १६ ओभर बलिङ गरेकी उनले २ दशमलव ७५ को ईकोनोमीमा ४ ओभर मेडन राख्दै ४४ रन खर्चिन् ।

प्रतियोगितामा प्रदेश १ की अप्सरी वेगम उत्कष्ट ब्याट्ओम्यान भईन् । उनले प्रतियोगितामा एक सय ७६ रन बनाईन् । जसमा उनका दुई वटा अर्धशतक बनाएकी थिईन् ।
प्रतियोगितामा दोहोरो अर्धशतक बनाउने एक्ली खेलाडी वेगमले १ छक्का हाल्दा ९ चौका प्रहार गरिन् ।प्रतियोगितामा प्रदेश १ कै अलिशा खाडिया उत्कृष्ट बलर भईन् ।

उनले प्रतियोगिताका ५ खेलमा ९ विकेट लिईन् । १७ ओभर बलिङ गरेकी उनले २ दशमलव ५२ को ईकोनोमी राख्दा ५ ओभर मेडन गर्दै ४३ रन खर्चिन ।


पोखरा- नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोज २ र ३ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को सहयोगीमा हिमश्री फुड्स प्रालि सहयोगी भूमिकामा जोडिएको छ । हिमश्रीका निर्देशक प्रकाश केसीले मिडिया कपमा प्रालिको साथ रहने…