
काठमाडौं । उज्वेकिस्तानलाई ३–० को सेटमा हराउँदै नेपाली महिला भलिबल टोलीले एसियन सेन्ट्रल जोन महिला तथा पुरुष भलिबल च्यालेन्ज कपको फाइनलमा स्थान बनाएको छ ।
बंगलादेशको ढाकास्थित मिरपुर शहिद शुरवार्दी इन्डोर स्टेडियममा सम्पन्न खेलमा नेपालले उज्वेकिस्तानलाई २५–२०, २५–२३, २५–१४ को सोझो सेटमा हराउँदै फाइनलमा स्थान बनाएको हो । प्रतिस्पर्धात्मक बनेको दोस्रो सेटमा २३–२३ को अवस्थामा नेपालले लगातार दुई अंक जोड्दै रोमाञ्चक जित निकाल्न सफल भएको हो ।
जारी प्रतियोगितामा लगातार चौथो जित निकालेको नेपालले जितसँगै ४ खेलबाट चार खेलबाट ११ अंक पुगेको छ । श्रीलंका १० अंक जोडेर दोस्रो स्थानमा रहँदा पहिलो हार बेहोरेको उज्वेकिस्तानको ९ अंक छ । किर्गिस्तानको ६ अंक बनाउँदा बंगलादेश र माल्दिभ्सले अंकको खाता खोल्न सकेको छैन । प्रतियोगितामा नेपालसँग पराजित भएको उज्वेकिस्तानको पहिलो हार हो ।
नेपाल प्रतियोगिताको साविक विजेता हो । अब लिग चरणको अन्तिम नेपालले सोमबार किर्गिस्तानसँग खेल्नेछ । पहिलो हार बेहोरेको उज्वेकिस्तानको पनि फाइनल पुग्ने सम्भावना छ । उज्वेकिस्तानले सोमबार श्रीलंकासँग खेल्दैछ । यो खेलमा जित हात पार्ने टोलीले फाइनलमा स्थान बनाउनेछ ।
प्रतियोगिता अन्तर्गत पुरुष तर्फको खेलमा नेपाल माल्दिभ्सविरुद्ध ३–० को सोझो सेटमा जित निकाल्दै जारी प्रतियोगितामा दोस्रो जित निकालेको हो ।
यसअघि प्रतियोगिताको आफ्नो पहिलो खेलमा नेपाल आयोजक बंगलादेशसँग ३–० को सोझो सेटमा पराजित भएको थियो । दोस्रो खेलमा उज्वेकिस्तानलाई ३–० को सोझो सेटमा नतिजा सुम्पिएको नेपालले आफ्नो तेस्रो खेलमा श्रीलंकालाई ३–१ को सेटमा हराएको थियो । आइतबार माल्दिभ्समाथि जित निकालेको नेपालले २०१९ मा काठमाडौंमै सम्पन्न एसियन सेन्ट्रल जोन पुरुष भलिबल प्रतियोगितामा सोझो सेटमा हारको बदला समेत लिएको छ ।
सोझो सेटमा नेपालले खेल जिते पनि प्रतिस्पर्धात्मक बनेका सेटमा नेपालले माल्दिभ्सलाई २७–२५, २५–१९, २५–२३ ले स्तब्ध बनाएको हो । जितसँगै नेपालले तेस्रो स्थानको लागि प्रतिस्पर्धा गर्ने सम्भावना कायम राखेको छ भने फाइनल प्रवेश गर्ने सम्भावना टरेको छ ।


पोखरा ÷ घरेलु टोलीलाई पराजित गर्दै नेपाल पुलिस क्लबले पोखरामा आयोजित प्रथम महिला गोल्डकपको सुखद शुरुवात गरेको छ । पोखरा रंगशालास्थित फुटबल मैदानमा शुक्रबारको उदघाटन खेलमा नेपाल पुलिस क्लबले आरएस फुटबल क्लब पोखरालाई फराकिलो गोल अन्तरले हराउने क्रममा…
पोखरा-पोखरा महानगरपालिकासँगको सहकार्यमा गण्डकी प्रादेशिक क्रिकेट संघ गण्डकीले आगामी बैंशाखमा महानगर कप क्रिकेट प्रतियोगिता गर्ने तयारी गरेको छ । प्रधानमन्त्री एकदिवसीय क्रिकेट प्रतियोगिताको लागि गण्डकी प्रदेश टिम जर्सी अनावरण गर्दै महानग प्रमुख धनराज आचार्यले आगामी बैशाखमा महानगर कप…