
नेपालगन्ज-लुम्बिनी प्रदेश स्तरीय आइटिएफ तेक्वान्दो प्रतियोगितामा पदक विजेता बाँकेका नौ जना स्वर्ण पदक विजेता खेलाडीलाई नेपालगन्जमा नगदसहित सम्मान गरिएको छ ।
शिवशिखर बहुउद्देयीय सहकारी संस्था लिमिटेडले नेपालगन्ज न्युरोडस्थित गार्डेन मार्ट डिपार्टमेन्टल स्टोर आयोजित कार्यक्रममा खेलाडीलाई सम्मान गरेको हो । शिवशिखरका संस्थापक अध्यक्ष केदारप्रसाद शर्माले खेलाडीलाई नगद र कदरपत्रले सम्मान गरेका हुन् । सम्मान पाउनेमा महिलातर्फ राइका चौधरी २० केजी, पुर्णीमा सुनार २५ केजी, विनिता बुढा ५५ केजीतर्फ थिए ।
त्यसैगरी पुरुषतर्फ कमल बोहरा २० केजी, गोपाल सोममगर २५ केजी, मोविन सलमानी ४० केजी, सिद्धार्थ बिक ३५ केजी, प्रकाश आले ६५ केजी र सोनु केवट ५५ केजी रहेका छन् । संस्थापक अध्यक्ष शर्माका अनुसार बहुउद्देश्यीय सहकारी र गार्डेन मार्टमा २८ जना ब्ल्याक बेल्ट खेलाडीलाई रोजगारी दिइएको छ ।
रोजगारी पाउनेमा चार जना प्रशिक्षक छन् । सहकारी २६ जिल्ला र गार्डेन मार्ट १५ जिल्लामा सञ्चालनमा रहेको उनले बताए । अध्यक्ष शर्माले दश बर्षमा गार्डेन मार्टको संख्या पाँच सय पुर्याउने लक्ष्य रहेको पनि जानकारी दिए । गार्डेन मार्टले देशभरमा २ सय ५० जना खेलाडीलाई रोजगारी दिइसकिएको गार्डेन मार्टका प्रनीर अधिकारीले बताए ।
दाङमा भएको प्रतियोगितामा तीन महिला र ६ पुरुषले पदक जितेका थिए । २४ वटा स्वर्ण पदकका लागि भएको प्रतियोगितामा नौ वटा पदक जित्दै बाँके टिमतर्फ उपविजेता बनेको थियो ।


पोखरा- नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोज २ र ३ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को सहयोगीमा हिमश्री फुड्स प्रालि सहयोगी भूमिकामा जोडिएको छ । हिमश्रीका निर्देशक प्रकाश केसीले मिडिया कपमा प्रालिको साथ रहने…
कास्की-चार मैत्रीपूर्ण टी—२० खेल्न पोखरा आईपुगेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पहिलो खेलमा गण्डकी प्रदेशको टोलीसँग ८ विकेटले पराजित भएको छ । पोखरा भ्रमणमा रहेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पोखरा रंगशाला क्रिकेट मैदानमा टस हारेर १९.३ ओभरमा…