
काठमाडौं । २४ औं पुरुष तथा नवौं महिला राष्ट्रिय महिला भारोत्तोलन प्रतियोगिता पुसको अन्तिम साता हुने भएको छ ।
नेपाल भारोत्तोलन संघले बिहीबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिता पुसको २७,२८ र २९ गते आयोजना हुने जनाएको हो । मध्यपुर थिमीको थिमी बैन्क्वेटमा आयोजना हुने प्रतियोगितामा युथ, जुनियर र सिनियर गरि ६ वटा इभेन्ट्समा प्रतिस्पर्धा हुने आयोजकले पत्रकार सम्मेलनमा जानकारी दियो । प्रतियोगितामा देशभर र विभागीय टिमका गरि २ सय खेलाडीले सहभागि हुने आयोजकले बताएको छ ।
प्रतियोगितामा जुनियर तथा सिनियर पुरुषमा ५५, ६१, ६७, ७३, ८१, ८९, ९६, १०२, १०९ र १०९ केजी माथिको तौल समूहमा प्रतिस्पर्धा हुनेछ भने पुरुषको युथमा ४९, ५५, ६१, ६७, ७३, ८१, ८९, ९६, १०२ र १०२ केजी माथि प्रतिस्पर्धा हुनेछ । यस्तै जुनियर तथा सिनियर महिलामा ४५, ४९, ५५, ५९, ६४, ७१, ७६, ८१, ८७ र ८७ केजी तौल माथि प्रतिस्पर्धा हुनेछ । महिला युथमा ४०, ४५, ४९, ५५, ५९, ६४, ७१, ७६, ८१ र ८१ केजी तौल माथि प्रतिस्पर्धा हुनेछ ।
महिलाको युथ, जुनियर र सिनियर गरि ३० स्वर्ण, ३० कास्य र ३० रजतका लागि प्रतिस्पर्धा हुनेछ । यस्तै पुरुष तर्फ पनि युथ, जुनियर र सिनियर गरि ३० स्वर्ण,३० कास्य र ३० रजतका लागि प्रतिस्पर्धा हुनेछ । प्रतियोगिता संचालनको लागि ५१ लाख अनुमानित बजेट खर्च हुने आयोजकले जनाएको छ ।


पोखरा- नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोज २ र ३ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को सहयोगीमा हिमश्री फुड्स प्रालि सहयोगी भूमिकामा जोडिएको छ । हिमश्रीका निर्देशक प्रकाश केसीले मिडिया कपमा प्रालिको साथ रहने…
कास्की-चार मैत्रीपूर्ण टी—२० खेल्न पोखरा आईपुगेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पहिलो खेलमा गण्डकी प्रदेशको टोलीसँग ८ विकेटले पराजित भएको छ । पोखरा भ्रमणमा रहेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पोखरा रंगशाला क्रिकेट मैदानमा टस हारेर १९.३ ओभरमा…