
काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका नवनियुक्त मुख्य प्रशिक्षक पुबुदु दसानायकेले क्यान बोर्ड बैठकले कप्तान परिवर्तनका लागि गरेको निर्णय क्यानको क्षेत्राधिकार भएको बताएका छन् ।
बिहीबार पत्रकारसँगको अन्तक्र्रिया कार्यक्रममा प्रशिक्षक पुबुदुलले यस्तो बताएका हुन । प्रशिक्षक पुबुदुले सेन्ट्रल कन्ट्रयाक्टको विषय समाधान गरे अरू सबै समस्याको अन्त्य हुने भन्दै कप्तानको विषय भने क्यानको बोर्ड बैठकको अधिकार भएको बताएका हुन । नेपाल फर्किएपछि खेलाडी र क्यानसँग आफ्नो छलफल भएको भन्दै खेलाडीको मुख्य गुनासो सेन्ट्रल कन्ट्रयाक्टमा रहेको र समाधान भए सबै बाँकी समस्या समाधान हुने बताए ।
क्यानले गत महिना ज्ञानेन्द्र मल्ललाई हटाएर सन्दीप लामिछानेलाई कप्तान बनाउने निर्णय गरेको थियो । मल्लसँगै उपकप्तान दीपेन्द्र सिंह ऐरी सहित सोमपाल कामी र कमल सिंह ऐरीलाई कारबाही गरेको थियो । जस अनुसार सन् २०२२ को केन्द्रिय सम्झौताबाट सुरुको ६ महिनाको लागि सहभागी नगराउने निर्णय गरेको थियो । अन्र्तक्रिया कार्यक्रममा पुबुदुले आपूmसँग २०११ देखी २०१५ सम्म काम गरेको अनुभव भएको भन्दै नेपाली टोली खुसी बनाएर नेपालका लागि खेलाउने प्रतिबद्धता जनाए । त्यसका लागि सुरुआतमा ३० खेलाडी भन्दा बढीलाई बन्द प्रशिक्षणमा बोलाउने बताए ।
क्यान र खेलाडीबीचको तिक्ततालाई समाधान गर्दै अगाडि बढाउन सक्ने प्रशिक्षक हुन सक्ने भन्दै क्यानले दोस्रो पटक पुबुदुलाई मौका दिएको हो । पुबुदुकै प्रशिक्षणमा नेपालले पहिलो पटक सन २०१४ मा आईसीसी ट्वान्टी–२० विश्वकप खेलेको थियो । सोही हिसाबाले दासानायकेलाई नेपालको एक सफल क्रिकेट प्रशिक्षको रुपमा लिइन्छ ।


पोखरा-पोखरा विश्वविद्यालय अन्तर्गतको पोखरा विश्वविद्यालय फुटबल क्लबले जेष्ठ २९ गतेदेखि असार ५ गतेसम्म भण्डारढिक खेल मैदान, लेखनाथमा पोखरा विश्वविद्यालय सुपरकप फुटबल प्रतियोगिता–२०८३ को तेस्रो संस्करण आयोजना गर्ने भएको छ । क्लबका अध्यक्ष बिमान प्रधान का अनुसार प्रतियोगिताको विजेता…
पोखरा-पोखरा क्रिकेट एकेडेमीको आयोजनामा शुक्रबारदेखि पोखरामा छैटौँ संस्करणको ब्रेकिङ बाउन्ड्रीज छात्र÷छात्रा अन्तर विद्यालय टी–ट्वान्टी क्रिकेट प्रतियोगिता सुरु भएको छ । किडासा फाउण्डेशन र एमसिसीको सहयोग, कास्की जिल्ला क्रिकेट संघ र गण्डकी प्रदेश क्रिकेट संघको प्राविधिक सहयोगमा शुरु प्रतियोगिता…