
काठमाडौं । इंग्लिस लिग कप अर्थात काराबाओ कप फुटबल प्रतियोगितामा चेल्सीले टोटनह्यामलाई पराजित गरेको छ ।
गएरति आफ्नै मैदानमा भएको सेमिफाइनल पहिलो लेगको खेलमा चेल्सी २–० ले विजयी भयो । चेल्सीका लागि काई हाभर्टजले पहिलो गोल गर्दा टोटनह्यामका बेन डेभिजले एक आत्माघाति गोल गरे ।
खेलको पाँचौ मिनेटमा हाभर्टजको गोलमा चेल्सीले सुरुवाती अग्रता लिएको थियो । यसैगरी, ३४ औं मिनेटमा डेभिजले आत्मघाती गोल गरेपछि चेल्सीले २–० ले विजयी भयो ।
पहिलो लेगमा हात पारेको जितसँगै चेल्सीले फाइनल पुग्ने संभावना बलियो पारेको छ । अब दोस्रो लेग टोटेनहमको मैदानमा १२ जनवरीमा हुनेछ ।
टोटनह्याम भने दोस्रो लेगपूर्व दबाबमा आएको छ । काराबाओ कपकै दोस्रो सेमिफाइनल खेल भने कोभिडका कारण पोस्टपोन्ड गरिएको छ । लिभरपुलका केही खेलाडी तथा अफिसियलहरुमा संक्रमण देखिएपछि आर्सनलविरुद्धको खेल पछि सारिएको हो ।


पोखरा-चौथो एबीसी राष्ट्रिय एट ए साइड ४५ प्लस भेट्रान्स कप २०८२ को उपाधि बगर भाइखलकले हात पारेको छ । पोखरा रंगशालामा शुक्रबार सम्पन्न फाइनल खेलमा आयोजक एबीसीलाई ४–० गोल अन्तरले पराजित गर्दै प्रतियोगिताको उपाधी जितेको हो । उपाधि…
पोखरा-पोखरा महानगरपालिकासँगको सहकार्यमा गण्डकी प्रादेशिक क्रिकेट संघ गण्डकीले आगामी बैंशाखमा महानगर कप क्रिकेट प्रतियोगिता गर्ने तयारी गरेको छ । प्रधानमन्त्री एकदिवसीय क्रिकेट प्रतियोगिताको लागि गण्डकी प्रदेश टिम जर्सी अनावरण गर्दै महानग प्रमुख धनराज आचार्यले आगामी बैशाखमा महानगर कप…