
पोखरा-डिफेण्डिङ च्याम्पियन गण्डकी प्रदेशले शसस्त्र प्रहरी बलसँग उदघाटन खेल खेल्दै दोस्रो संस्करणको टाईगर कप आमन्त्रित क्लब महिला तथा पुरुष क्लब च्याम्पियनसिप शुरु गर्दै छ । सोमबारदेखि शुरु हुने प्रतियोगितामा डिफेण्डिङ च्याम्पियन गण्डकी प्रदेशले उपाधि रक्षाको यात्रा शुरु गर्दा शसस्त्रले सुखद शुरुवात गर्ने अभियानमा हुने छ ।
महिला तर्फ भने त्रिभुवन आर्मीले न्यु डायमण्ड स्पोर्टस क्लबसँगै उदघाटन खेल्दै प्रतियोगिताको थालनी गर्ने छ । दोस्रो खेलमा दुई विभागीय क्लब बीच विभागीय डर्बी प्रतिस्पर्धा हुदैं अंक जोड्ने प्रयासमा रहने छन् । शसस्त्र प्रहरी बलले नेपाल पुलिस क्लबसँग खेल्ने छ । महिला तर्फ शसस्त्र प्रहरी बल साविक विजेता टोली हो ।
आमन्त्रित महिला तथा पुरुष क्लब च्याम्पियनसिपमा महिला तर्फ आयोजक टाईगर ग्रुप अफ पोखरा नेपालले आफनै टोली भलिबल कोर्टमा उतार्ने तयारीमा छ । टोलीको नेतृत्व नेपाल राष्ट्रिय महिला टोलीकी कप्तान अरुणा शाहीले गर्ने छिन् । उनीसँगै एशियन सेन्ट्रल जोन भलिबलमा सहभागि श्रीलंकन टोलीका तीन सदस्यलाई समेत आयोजक टोलीमा समावेश गरिएको छ । ‘पहिलो खेलमा केही असजह हुन सक्छ तर टिम कम्बिनेसन राम्रो छ ।’ शनिबार पोखरा रंगशालामा आयोजित पत्रकार सम्मेलनमा कप्तान अरुणा शाहीले भनिन–‘उपाधि रक्षा नै हाम्रो लक्ष्य हो । खेल हो कम्पिटिसन हुन्छ ।’

राउण्ड रोविन लिगमा खेलिने प्रतियोगितामा महिला तथा पुरुष दुवै टोलीमा ५÷५ टोलीको सहभागिता रहेको छ । महिला तर्फ नेपाल पुलिस क्लब, शसस्त्र प्रहरी बल, न्यु डायमण्ड स्पोर्टस क्लब, त्रिभुवन आर्मी क्लब र टाईगर ग्रुप पोखराको टिमले उपाधिको लागि प्रतिस्पर्धा गर्ने छन् । पुरुष तर्फ गण्डकी प्रदेश, त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, शसस्त्र प्रहरी बल र हेल्प नेपाल स्पोर्टस क्लबको सहभागिता रहेको टाईगर ग्रुप अफ पोखरा नेपालका अध्यक्ष नारायण शर्माले बताए । उनका अनुसार हेल्प नेपाल स्पोर्टस क्लबमा भारतीय खेलाडीहरु समावेश गरिएको छ ।
प्रतियोगितालाई शुश्री मिडिया प्रालिले मुख्य प्रायोजन गरेको छ । विजेता महिला तथा पुरुष टोलीले नगद ३÷३ लाख रुपैयाँ राशीसहित च्याम्पियन ट्रफी प्राप्त गर्ने छन् । उपविजेता दुवै टोलीले भने समान नगद १ लाख ५० हजार प्राप्त गर्ने छन् । तेस्रो हुने महिला तथा पुरुष टोलीले नगद ७५÷७५ हजार पाउने छन् । सान्त्वना टोलीलाई समेत नगद ३५÷३५ हजार रुपैयाँ प्रदान गरिने आयोजक टाईगर ग्रुप अफ पोखरा नेपालले जनाएको छ । उत्कृष्ट खेलाडीलाई २५÷२५ हजार नगद तथा उत्कृष्ट विधाका खेलाडीहरुलाई नगद १०÷१० हजार रुपैयाँ प्रदान गरिने छ ।
प्रतियोगिताको आवश्यक तयारी पुरा गरिएको छ । भलिबल कोर्ट तयार भईसकेको छ । कोर्टमा म्याट विछ्याईसकिएको छ । दर्शकको लागि अस्थायी प्यारापिट समेत निर्माण गरिएको छ । प्रत्येक खेलको प्लेयर अफ दि म्याच घोषित खेलाडीलाई नगद ५ हजार रुपैयाँ प्रदान गरिने प्रचारप्रसार संयोजक रामकृष्ण ज्ञवालीले जानकारी दिए । प्रतियोगितालाई गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले उदघाटन गर्ने छन् ।


पोखरा-पोखरा विश्वविद्यालय अन्तर्गतको पोखरा विश्वविद्यालय फुटबल क्लबले जेष्ठ २९ गतेदेखि असार ५ गतेसम्म भण्डारढिक खेल मैदान, लेखनाथमा पोखरा विश्वविद्यालय सुपरकप फुटबल प्रतियोगिता–२०८३ को तेस्रो संस्करण आयोजना गर्ने भएको छ । क्लबका अध्यक्ष बिमान प्रधान का अनुसार प्रतियोगिताको विजेता…