
पोखरा-दोस्रो टाईगर कप आमन्त्रित क्लबस्तरीय महिला तथा पुरुष भलिबल प्रतियोगितामा डिफेण्डिङ च्याम्पियन गण्डकी प्रदेशले विजयी शुरुवात गरेको छ । सोमरबार पोखरा रंगशाला भलिबल प्रशिक्षण केन्द्रमा आयोजना भएको खेलमा पुरुष तर्फ गण्डकी प्रदेशले शसस्त्र प्रहरी बलमाथि सोझो सेटको जित निकाल्दै उपाधि रक्षा यात्रा प्रारम्भ गरेको छ ।
पहिलो सेट २५–१७,२५–२२ र २५–१७ को सेटमा पराजित गर्दै सुखद शुरुवात गर्यो । अर्को खेलमा हेल्प नेपाल स्पोर्टस क्लबलाई नेपाल पुलिस क्लबले भने पाँचौ सेट खेल्दै कमब्याक जित आत्मसात गर्यो । पहिलो सेट २५–१६ ले आफनो पक्षमा पारेको हेल्प नेपालले दोस्रो सेट निकै प्रतिस्पर्धात्मक बन्ने क्रममा ३१–२९ ले लिदैं जित आत्मसात गर्ने संघारमा पुग्यो ।दुई सेटले पछि परेको नेपाल पुलिस क्लब खेलमा फर्किने क्रममा तेस्रो सेट २५–१९ले लिदैं खेलमा फर्किने कोशिस गर्यो । चौथो सेटमा पनि २५–२३ ले लिदैं खेलमा फर्किएको पुलिसले निर्णायक सेटमा पनि हेल्प नेपाललाई १७–१५ले लिदैं पुनरागमन जित निकल्दै पहिलो दिन सुखद बनायो ।
टाईगर ग्रुप अफ पोखराको आयोजनामा भएको क्लबस्तरीय च्याम्पियनसिपमा महिला तर्फ विभागीय डर्बी प्रतिस्पर्धामा शसस्त्र प्रहरी बलले नेपाल पुलिस क्लबलाई ४–१ सेटले पन्छायो । पहिलो सेट प्रतिस्पर्धात्म बन्ने क्रममा २६–२४ मा शसस्त्र प्रहरीले लिदैं पुलिसमाथि हावी बन्यो । दोस्रो सेट २५–१८ ले लिदैं दबाव बढाएको शसस्त्रले तेस्रो सेट भने नेपाल पुलिस क्लबलाई सुम्पियो । तेस्रो सेट २३–२५ ले गुमाएको शसस्त्रले चौथो सेट २५–२३ ले लिदैं जित पक्का बनायो । त्यस्तै होङ्गाजी न्यु डायमण्डले त्रिभुवन आर्मीमाथि २५–१७, २५–२३, १३–२५ र २५–१७ को सेटमा पराजित गरेको थियो ।
आमन्त्रित महिला तथा पुरुष क्लब च्याम्पियनसिपमा महिला तर्फ आयोजक टाईगर ग्रुप अफ पोखरा नेपालले आफनै टोली भलिबल कोर्टमा उतार्ने जनाएको छ । टोलीको नेतृत्व नेपाल राष्ट्रिय महिला टोलीकी कप्तान अरुणा शाहीले गर्ने छिन् । उनीसँगै एशियन सेन्ट्रल जोन भलिबलमा सहभागि श्रीलंकन टोलीका तीन सदस्यलाई समेत आयोजक टोलीमा समावेश गरिएको छ । राउण्ड रोविन लिगमा खेलिने प्रतियोगितामा महिला तथा पुरुष दुवै टोलीमा ५/५ टोलीको सहभागिता रहेको छ ।
महिला तर्फ नेपाल पुलिस क्लब, शसस्त्र प्रहरी बल, न्यु डायमण्ड स्पोर्टस क्लब, त्रिभुवन आर्मी क्लब र टाईगर ग्रुप पोखराको टिमले उपाधिको लागि प्रतिस्पर्धा गर्दै छन् । पुरुष तर्फ गण्डकी प्रदेश, त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, शसस्त्र प्रहरी बल र हेल्प नेपाल स्पोर्टस क्लबको हेल्प नेपाल स्पोर्टस क्लबमा भारतीय खेलाडीहरु समावेश गरिएको छ ।
प्रतियोगितालाई शुश्री मिडिया प्रालिले मुख्य प्रायोजन गरेको छ । विजेता महिला तथा पुरुष टोलीले नगद ३÷३ लाख रुपैयाँ राशीसहित च्याम्पियन ट्रफी प्राप्त गर्ने छन् । उपविजेता दुवै टोलीले भने समान नगद १ लाख ५० हजार प्राप्त गर्ने छन् । तेस्रो हुने महिला तथा पुरुष टोलीले नगद ७५÷७५ हजार पाउने छन् । सान्त्वना टोलीलाई समेत नगद ३५/३५ हजार रुपैयाँ प्रदान गरिने आयोजक टाईगर ग्रुप अफ पोखरा नेपालले जनाएको छ । उत्कृष्ट खेलाडीलाई २५÷२५ हजार नगद तथा उत्कृष्ट विधाका खेलाडीहरुलाई नगद १०/१० हजार रुपैयाँ प्रदान गरिने छ । प्रतियोगितालाई गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले उदघाटन गरेका थिए ।


पोखरा- नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोज २ र ३ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को सहयोगीमा हिमश्री फुड्स प्रालि सहयोगी भूमिकामा जोडिएको छ । हिमश्रीका निर्देशक प्रकाश केसीले मिडिया कपमा प्रालिको साथ रहने…
कास्की-चार मैत्रीपूर्ण टी—२० खेल्न पोखरा आईपुगेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पहिलो खेलमा गण्डकी प्रदेशको टोलीसँग ८ विकेटले पराजित भएको छ । पोखरा भ्रमणमा रहेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पोखरा रंगशाला क्रिकेट मैदानमा टस हारेर १९.३ ओभरमा…