
काठमाडौं- विभागीय टोलीद्वय नेपाल पुलिस क्लब र एपिएफले राजधानीमा जारी प्रधानमन्त्री कप राष्ट्रिय ट्वान्टी–२० क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित निकाल्दा कर्णालीले प्रदेश र प्रदेश नम्बर २ ले पहिलो जित निकालेका छन् ।
कीर्तिपुर स्थित त्रिभुवन विश्व विद्यालयको मैदानमा भएको खेलमा विभागीय टोली एपिएफका लागि लोकेस बलमे विस्फोटक अर्धसतकीय इनिङ्स खेले । लोकेसको उत्कृष्ट ब्याटिङको सहयोगमा ज्ञानेन्द्र मल्लको कप्तानीमा रहेको बागमती प्रदेशलाई ७ विकेटले पराजित गर्दै एपिएफले जारी प्रतियोगितामा लगातार दोस्रो जित निकालेको हो । जितसँगै एपिएफ समूह ‘बी’ को शीर्ष स्थानमा उक्लिएको छ । यस अघि पहिलो खेलमा एपिएफले प्रदेश २ लाई २४ रनको पराजित गरेको थियो ।
बागमतीले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै दिएको १ सय २६ रनको लक्ष्य एपिएफले १८।४ ओभरमा मात्र ३ विकेट गुमाएर पुरा ग¥यो । अर्धशतकिय इनिङ्स खेल्दै जित दिलाएका लोकेसले २४ बलको सामना गर्दा १० चौका र १ छक्काको सहयोगमा ५० रन बनाएका थिए । ओपनर प्रदिप ऐरी ३६ रनमा नटआउट रहँदा आशिफ शेख १२ रन, सुमित महर्जनले ७ तथा सन्दीप जोरा १५ रनमा अविजित रहे । एपिएफको तीन विकेट निकाल्ने क्रममा बागमतीका लागि रामनरेश गिरी, प्रतिस जिसी र रिजन ढकालले एक–एक विकेट लिए ।
यस अघि पहिले ब्याटिङ गरेको बागमतीले ओपनर इशान पाण्डेको सर्वाधिक २९ रनको योगदान पारीमा १ सय २५ रन जोडेको थियो । नन्दन यादवले २४ रन जोड्दा अर्का ओपनर सुवास खकुरेलले २१ तथा आदिल खानले व्यीक्त १९ रनको पारी खेलेका थिए । एपीएफका लागि अविनास बोहराले सर्वाधिक चार विकेट लिए । यस्तै कमल ऐरीले दुई विकेट हात पार्दा, कप्तान शरद भेषवाकर र किशोर महतोको नाममा एक–एक विकेट रह्यो ।


पोखरा-पोखरा विश्वविद्यालय अन्तर्गतको पोखरा विश्वविद्यालय फुटबल क्लबले जेष्ठ २९ गतेदेखि असार ५ गतेसम्म भण्डारढिक खेल मैदान, लेखनाथमा पोखरा विश्वविद्यालय सुपरकप फुटबल प्रतियोगिता–२०८३ को तेस्रो संस्करण आयोजना गर्ने भएको छ । क्लबका अध्यक्ष बिमान प्रधान का अनुसार प्रतियोगिताको विजेता…
पोखरा-पोखरा क्रिकेट एकेडेमीको आयोजनामा शुक्रबारदेखि पोखरामा छैटौँ संस्करणको ब्रेकिङ बाउन्ड्रीज छात्र÷छात्रा अन्तर विद्यालय टी–ट्वान्टी क्रिकेट प्रतियोगिता सुरु भएको छ । किडासा फाउण्डेशन र एमसिसीको सहयोग, कास्की जिल्ला क्रिकेट संघ र गण्डकी प्रदेश क्रिकेट संघको प्राविधिक सहयोगमा शुरु प्रतियोगिता…