
काठमाडौं-कीर्तिपुर मैदानमा नै भएको मंगलबारको पहिलो खेलमा अर्को विभागीय टोली पुलिसले विभागीय प्रतिद्वन्द्वी त्रिभुवन आर्मीमाथि ४ विकेटले जित निकाल्दै अपराजित यात्रालाई दोस्रो खेलमा पनि निरन्तरता दियो । पहिलो खेलमा सुदुरपश्चिम प्रदेशलाई २ रनले पराजित गरेको पुलिसले मंगलबार उत्कृष्ट प्रदर्शन गर्दै साविक विजेतामाथि सहज जित निकालेको हो ।
आर्मीले दिएको १ सय ३८ रनको लक्ष्य पुलिसले १८ ओभरमा ६ विकेट गुमाएर पूरा ग¥यो । पुलिसका लागि कुशल भुर्तेलले २२ बलमा ३५ रन जोड्दा रासिद खानले १९ बलमा २८ रन बटुले । दिलिप नाथ २५ रनमा अविजित रहे भने अनिल साहले २२ रनको योगदान गरे । आर्मीका लागि साहाव आलमले सर्वाधिक तीन विकेट हात पार्दा जितेन्द्र मुखियाले दुई र कुशल मल्लले एक विकेट आफ्नो नाममा लेखाए ।
टस हारेर पहिले ब्याटिङ गरेको आर्मीले निर्धारित ओभर सकिन एक बल बाँकी छदा सबै विकेट गुमाएर १ सय ३७ रन जोडेको थियो । कसिलो बलिङ गरेको पुलिसविरुद्ध आर्मीका लागि कप्तान विनोद भण्डारीले सर्वाधिक ४४ रन जोड्दा सोमपाल कामीले ४२ रनको योगदान गरे । यस्तै हरि चौहान, सुशन भारी र कुशल मल्लले समान १२ रन जोड्दा अन्य ब्याट्सम्यानले दोहोर अंकको स्कोर गर्न सकेनन ।
कसिलो बलिङ गरेको पुलिसका करण केसीले सर्वाधिक चार विकेट हात पारे । गुल्सन झा र योगेन्द्र सिंह कार्कीले समान दुई–दुई विकेट लिँदा आरिफ शेख र दिपेन्द्र सिंह ऐरीले एक–एक विकेट निकाले । यस जितसँगै पुलिसले २ खेलमा ४ अंक जोडेको छ । पुलिस समूह ए को शीर्ष स्थानमा उक्लिएको छ । आर्मी २ खेलमा २ अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।


पोखरा-सहाराको आवासिय एकेडेमीमा तीस जना बालक छन् । भरणपोषण र शिक्षादिक्षा समय अनुकुल खर्चिलो बन्दै गएको छ । आयस्रोत आर्थिक सहयोग जुटाउने बाहेक केही छैन् । सहयोग जुटाउने अभियानमा सहाराले गतवर्ष तिहार लगत्तै च्यारिटी डिनर कार्यक्रम आयोजना गरेको…