
काठमाडौं-मूलपानी क्रिकेट मैदानमा भएको मंगलबारको अर्को खेलमा प्रदेश नम्बर १ लाई ३१ रनले पराजित गर्दै कर्णाली प्रदेशले जारी प्रधानमन्त्र कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा पहिलो जित दर्ता गरेको हो । पहिलो खेलमा आर्मीलाई ६३ रनको नतिजा सुम्पिएको कर्णालीले १ सय २१ रनको लक्ष्य पछ्याएको प्रदेश १ लाई ८९ रनमा रोक्दै ३१ रनको विजयी नतिजा निकालेको हो ।
१७.५ ओभरमा प्रदेश नम्बर १ ले सबै विकेट गुमाउन पुगको थियो । प्रदेश १ का लागि फिर्दोश अन्सारीले सर्वाधिक २३ रन जोड्दा दिपेश कडेल र श्रवण यादवले समान १५–१५ रन बनाएपनि जितका लागि अपुग भएको थियो । कप्तान सिद्धान्त लोहनीले सर्वाधिक १४ रनको योगदान गरे । यस अघि सुरुआतमा ब्याटिङमा आएका पाँच खेलाडी दोहोरो अंक जोड्न असफल भएका थिए ।
प्रदेश नम्बर १ लाई सस्तैमा समेट्ने क्रममा बलिङ तर्फ कर्णालीका लागि अनुज चुनाराले सर्वाधिक ४ विकेट हात पारे । ३।५ ओभर बलिङ गरेका चुनाराले १६ रन खर्चिएका थिए । यस्तै दिवान पुनले दुई विकेट लिँदा दिनेश अधिकारी, प्रकाश जैसी र अनुप कुवरले एक–एक विकेट हात पारे । यस अघि टस हारेर पहिले ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय २० रन जोडेको थियो । कर्णालीका लागि कप्तान रविन्द्र शाहीले सर्वाधिक ३६ रन जोड्दा प्रकाश जैसीले २५ रन, राज शाहले १५ रन र विपिन रावलले ११ रनको योगदान गरे ।
प्रदेश १ का लागि ४ ओभर बलिङ गरेर मुकुन्द यादवले सर्वाधिक ३ विकेट लिँदै १८ रन खर्चिए । फिर्दोश अन्सारीले दुई विकेट लिँदा कमल खत्री र सिद्धान्त लोहनीले एक–एक विकेट लिए । यस्तै पहिलो जित निकाल्ने क्रममा प्रदेश नम्बर २ ले गण्डकी प्रदेशलाई २ विकेटले पराजित ग¥यो ।


पोखरा-कास्की जिल्ला फुटबल संघले फिफा फुटबल फर दि स्कुल कार्यक्रम अन्तर्गत शनिबार दोस्रो चरणमा १७ विद्यालयलाई बल हस्तान्तरण गरेको छ । कास्की जिल्ला फुटबल संघको परिसरमा विभिन्न सरकारी १७ विद्यालयलाई तीन तीन वटा बल हस्तान्तरण गरिएको थियो ।…
पोखरा-पोखरा महानगरपालिकासँगको सहकार्यमा गण्डकी प्रादेशिक क्रिकेट संघ गण्डकीले आगामी बैंशाखमा महानगर कप क्रिकेट प्रतियोगिता गर्ने तयारी गरेको छ । प्रधानमन्त्री एकदिवसीय क्रिकेट प्रतियोगिताको लागि गण्डकी प्रदेश टिम जर्सी अनावरण गर्दै महानग प्रमुख धनराज आचार्यले आगामी बैशाखमा महानगर कप…