
काठमाडौं- प्रधानमन्त्री कप राष्ट्रिय ट्वान्टी–२० क्रिकेट अन्तर्गत मुलपानी क्रिकेट मैदानमा मंगलबार गण्डकी प्रदेशले दिएको १ सय १७ रनको लक्ष्य प्रदेश नम्बर २ ले १८.१ ओभरमा ८ विकेट गुमाएर पुरा ग¥यो । पहिलो खेलमा नेपाल एपीएफ क्लबसँग २४ रनको पराजय भोगेको प्रदेश नम्बर २ ले गण्डकीविरुद्ध जित हात पार्दा कप्तान हसिम अन्सारीले सर्वाधिक २६ रन जोडे । सन्तोष कार्कीले २३, हरिकृष्ण झाले १७ रन बनाए । बलिङ तर्फ गण्डकीका कृष्ण पौडेलले सर्वाधिक ३ विकेट हात पार्दा विशाल पौडेल र सुवास भण्डारीले दुई–दुई विकेट लिए ।
यस अघि टस जितेर पहिले ब्याटिङ गरेको गण्डकीले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय १६ रन जोडेको थियो । गण्डकीका लागि अर्जुन कुमालले सर्वाधिक ४१ रनको योगदान गरे । सन्दीप क्षेत्रीले २७ रन जोडे । अर्जुन र सन्दीपले चौथो विकेटका लागि ५४ रनको साझेदारी गरेका थिए ।
ओपनर अनिल गुरुङले १० रन जोड्दा कप्तान विपिन खत्रीले पनि समान १० रन नै जोडेका थिए भने अन्य ब्याट्सम्यान दोहोरो अंक जोड्न चुके । बलिङतर्फ प्रदेश २ का मोहम्मद आदिल आलमले दुई विकेट लिए । राष्ट्रिय टोलीको प्रारम्भिक टोलीमा अटाएका हरिशंकर साहसँगै जितेन्द्र यादव र विवेक यादवले समान एक–एक विकेट आफ्नो नाममा लेखाए ।


पोखरा-सहाराको आवासिय एकेडेमीमा तीस जना बालक छन् । भरणपोषण र शिक्षादिक्षा समय अनुकुल खर्चिलो बन्दै गएको छ । आयस्रोत आर्थिक सहयोग जुटाउने बाहेक केही छैन् । सहयोग जुटाउने अभियानमा सहाराले गतवर्ष तिहार लगत्तै च्यारिटी डिनर कार्यक्रम आयोजना गरेको…